Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकको शौचालयमा महिला कर्मचारीको भिडियो खिच्न मान्छे पठाउने व्यक्ति को हो ?

बैंकको शौचालयमा महिला कर्मचारीको भिडियो खिच्न मान्छे पठाउने व्यक्ति को हो ?


काठमाडौं । जागिर खानेहरुको लागि आकर्षक क्षेत्र पर्छ बैंकको जागिर । राम्रो र सफा सुग्घर अफिस, राम्रो पोशाकमा चिटिक्ट सजिएका कर्मचारी साथीहरु, बाहिर सुरक्षा गार्ड र भित्र सीसीटीभीद्वारा सुरक्षा घेरामा रहेर सुरक्षित रहन पाइने, महिना मर्नेबित्तिकै तलब पाइने । बैंकको जागिर भनेपछि नातागोता र छरछिमेक र समाजमा धाक, रवाफ र प्रतिष्ठा बढ्ने हुनाले पनि नयाँ पुस्ताका युवायुवतीहरुमा बैंकको जागिरप्रति चर्को आकर्षण रहेको छ । र पनि बैंकको जागिर खासगरी महिलाहरुको लागि चुनौती पनि उत्तिकै रहेको पाइएको छ ।

बैंकमा पनि वाणिज्य बैंकहरुमा पाएसम्म जागिर खोज्नेहरु विकास बैंक र फाइनान्स कम्पनीहरुमा जान चाहँदैनन् । लघुवित्त कम्पनीहरु, सहकारीहरुको कथाव्यथा अरु नै छन् । बैंकका जागिरेहरुमध्ये प्रमुख कार्यकारी अधिकृत सबैभन्दा ठूला कर्मचारी हुन् । उनी नै सबै कर्मचारीहरुको संरक्षक पनि हुन् । तर तिनै संरक्षकहरु केहीले मिटु व्यहोर्नुपर्ने अवस्था नजिकिँदै गएको चर्चा पनि छ । तर यसअघि नै केही व्यक्ति यस्तै काण्डमा पक्राउ परिसकेका पनि छन् भने केही व्यक्तिचाहिँ आफैँ क्षेत्रबाट पलायन भएका छन् । अहिले जो छन् तर तिनै संरक्षकले नै आफ्ना कर्मचारीलाई यौनिकरुपमा निगरानी गर्ने, ट्र्यापमा पार्ने खेताला लगाएर पिछा गराउने कार्य गर्ने कुरा कल्पना पनि गर्न सकिँदैन । तर कहिलेकाहीँ कल्पना गर्न नसकिने कुरा पनि हुँदो रहेछ । हिजो सोमबार एउटा कमर्सियल बैंकको प्रांगणबाट अमृत खड्का नाम गरेका नुवाकोटका २४ वर्षीय युवा पक्राउ परेका छन् । अहिले ती युवक प्रहरी हिरासतमा रहेका छन् । उसलाई कुन मुद्दा लगाउने भनेर प्रहरीले विचार विमर्श गर्दै गर्दाको अवस्था छ ।

कमर्सियल बैंकका सीईओले एउटी महिला स्टाफमाथि नजर गाढेको रहेछ । ती महिला बैंकको केन्द्रीय कार्यालयमा काम गर्दी रहेछिन् । ती महिला लामो समयसम्म ट्वाइलेटमा अल्मलिने गर्दी रहेछिन् । त्यस विषयमा स्टाफहरुकै बीचमा पनि खासखुस कुरा हुने गर्दो रहेछ । बैंकको सीईओले को कता गएको छ, कसले के गरेको छ भनेर सीसीटीभीबाट नै हेर्ने गरेको र लामो समयसम्म ती महिला आफ्नो सिटमा नभएको कुरा उनले आफ्नो कार्यकक्षमै बसेर नोटिस गरेका रहेछन् । त्यसपछि त्यति लामो समयसम्म पटक–पटक ट्वाइलेट गएर ती महिलाले के गर्छिन् भन्ने पत्ता लाउन उनले अमृत खड्कालाई जिम्मा लगाएका छन् । खड्काले महिले ट्वाइलेटमा छिद्र खोजे । त्यही छिद्र प्रयोग गरेर मोबाइलले भिडियो खिच्ने गरे । सम्भवतः खड्का पाँचौँ पटकमा समातिएको बताइन्छ । सधैँजसो सोमबार दिउँसो ती महिला स्टाफ ट्वाइलेट गइन् ।

लामो समयपछि बाहिर निस्किन ह्वात्त ढोका खोल्दा भिडियो खिचिरहेका खड्का तर्सिएर बुरुक्क उफ्रिएर भाग्यो । अनि मात्र महिलालाई होस खुल्यो कसैले पिछा गरिरहेको रहेछ भनेर । ती महिलाले खड्कालाई लखेट्दै गइन् र अलि पर पुगेपछि समातेर भुइँमा पछारिन् । हेर्ने तमासेहरु के भो ? के भो भनेर तमासा हेर्न लागे । उनले चाहिँ भकुर्नुसम्म भकुरिन् खड्कालाई । त्यसपछि पुलिस बोलाएर त्यसलाई पठाइयो । अहिले ती व्यक्ति काठमाडौंमा प्रहरी हिरासतमा रहेको छ । ती महिलालाई खड्काले आफू ट्वाइलेटभित्र बस्दा बनाएको भिडियो भएको मोबाइल पनि प्रहरीलाई दिएकी छन् । प्रहरीसमक्ष खड्काले आफ्नो अपराध स्वीकार गरिसकेको बताइएको छ । तर भाडाको खेताला खड्कालाई भन्दा पनि अहिले बैंकको सीईओलाई तनाव बढ्दै गएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x