Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयुनिक पावर सिष्टमद्वारा गरेको भ्याट छलीमा राज्य संयन्त्र बेखबर

युनिक पावर सिष्टमद्वारा गरेको भ्याट छलीमा राज्य संयन्त्र बेखबर


काठमाडौं । कालीमाटीमा रहेको युनिक पावर सिष्टमले गरेको भ्याट छलीमा राज्यका जिम्मेवार निकायहरु बेखबर पाइएको छ । भारतीय नागरिक सुनिल कुमार शर्माले सञ्चालन गर्दै आएको युनिक पावरले स्मार्ट टेकका इन्भर्टर र ब्याट्री, फुजीको ब्याट्री, भोल्टगार्डको ब्याट्री, सवारीसाधनको ब्याट्री तथा सोलार प्यानल बिक्री गर्दै आएको छ ।

युनिक पावरले भ्याट छली गरी साधारण बिलमार्फत कारोबार गरिरहेको विषयमा अनुसन्धान गर्नुपर्ने सरकारी संयन्त्रहरुलाई सो बारेमा जानकारी नै नभएको पाइएको हो ।

अनुगमन गर्ने सरकारी कार्यालयका प्रतिनिधिले आर्थिक दैनिकसँग कुरा गर्दै यस विषयमा आफूहरुलाई जानकारी नभएको र अनुसन्धान पनि नभएको बताए । उनले यस विषयमा आज आफू व्यस्त रहेकाले बुझेर बताउने भन्दै आफ्नो र आफूसँग गरेको कुराकानीलाई समाचार नबनाइदिन समेत आग्रह गरे ।

त्यसो त नेपालमा मनपरितन्त्र चलिरहेको आम जनताले बताउँदै आएका छन् । सरकारी कर्मचारी, नेता तथा तिनका कार्यकर्ताहरु आफ्नो र आफ्नो आसेपासेको आवश्यकता पूरा गर्नुको साथै भ्रष्टाचारमा समेत लिप्त रहेकोले उद्योगीहरु समेत मूल्यवृद्धि तथा कालोबजारी नै गरेर भए पनि पैसा कमाउने धन्दामा लागेको आरोप लाग्दै आएको छ ।

यस्तो धन्दा चलिरहेको जनस्तरबाटै कुराहरु आउँदा समेत अनुगमन गर्नुपर्ने सरकारी निकायहरु सुस्त हुनुले यस्तो धन्दामा कतै मिलेमतो त छैन भन्ने आशंकाहरु गरिएका छन् ।

यसैको एक उदाहरण हो भारतीय नागरिक शर्माको कारोबार । शर्मालाई सोमबार आर्थिक दैनिकका प्रतिनिधिले साधारण बिलको प्रयोगको सम्बन्धमा जिज्ञासा राख्दा समेत उनले पटक–पटक विज्ञापनमार्फत समाचार मिलाउन भन्दै अनुरोध गरिरहेका थिए । उनले यसअघि पनि आफ्नाबारे प्रश्न उठ्दा यसरी नै मिलाउने गरेको समेत स्वीकार गरेका थिए ।

यसै पनि नेपालमा भारतको प्रभाव अत्यधिक रहँदा नेपालमा मूलतः भारतीय व्यापारीहरु नै सक्रिय र प्रभावशाली रहँदै आएका छन् । भारतीयमूलका व्यापारीहरुले चाहेजस्तै नीति नियमहरु बन्ने र यस्ता व्यापारीहरुको अनुगमन नै नगर्नेसम्मको सिष्टम नेपालमा हुँदै आएको बताइन्छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x