Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक दुई हजार ५० बिन्दुमा

सेयर बजार परिसुचक दुई हजार ५० बिन्दुमा


काठमाडौं । सेयर बजार परिसचुक उकालो लागेको छ । अघिल्लो दिन १६ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन चार दशमलव ८९ अंकले उकालो लागेर दुई हजार ५० दशमलव ५९ अंकमा चढेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९७ अंकले उकालो लागेर तीन सय ९२ दशमलव ५० बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १५ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २९ हजार ८६ पटकको कारोबारमा ४१ लाख ३३ हजार सात सय नौं कित्ता सेयर खरिद बिक्री भएका छन । जसबाट आज कुल कारोबार रकम एक अर्ब ७३ करोड १८ लाख ३२ हजार दुई सय ७० रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसअनुसार पाँच वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने आठ वटा उपसमुहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x