Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसशस्त्रको सरुवामा घुस आतंक

सशस्त्रको सरुवामा घुस आतंक


काठमाडौं । विगत २८ महिनादेखि रोकिँदै आएको सशस्त्र प्रहरी बलको बीओपी र लेखापालहरुको सरुवा खुल्ने तयारीसँगै घुस मोलमलाइको आतंक मच्चिएको छ ।

पूर्वमहानिरीक्षक शैलेन्द्र खनालले जो जहाँ छ, त्यही राखेर स्वार्थसिद्ध गरेका थिए । एक–एक वर्षमा हुनुपर्ने सरुवा विगत दुई वर्षमा चार महिनादेखि रोकिँदै आएको छ । सशस्त्र प्रहरीको बीओपी र लेखासमूहका गरी चार हजारभन्दा बढीको सरुवा हुनलागेको हो । बीओपीमा जाने इन्सपेक्टरहरुसँग अहिले पाँच लाख रुपैयाँदेखि तीन लाख रुपैयाँ र सई, असईका लागि एक लाख रुपैयाँ र जवानको लागि ५० हजार रुपैयाँ घुस मोलमलाइ हुने गरेको बुझिएको छ ।

सशस्त्र प्रहरीको कर्मचारी प्रशासनमा डीएसपी नन्द साउद प्रमुख रहेका छन् भने उपत्यका गणको प्रमुखमा पूर्ण साउद रहेका छन् । सशस्त्रको सरुवाको सूची संकलन गर्ने काममा सत्ता गठबन्धनका केही नेता पनि संलग्न रहेका छन् । आईजीपी राजु अर्याललाई सहमतिका लागि बाध्य बनाउने रणनीतिका साथ तेज गतिमा अघि बढेको समाचार स्रोतको दाबी छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x