Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअनलाइन सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन

अनलाइन सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन


काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाइबाट लिने सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाहलाई व्यवस्थित गर्न हाल प्रचलनमा रहेको वैदेशिक सूचना व्यवस्थापन प्रणालीमा देखिएका समस्या र यस विषयमा सम्बन्धित सरोकारवाला निकायसँग मन्त्रालयलले गरेको छलफलमा उनले मन्त्रालयले दिने सेवा सहज र गुणस्तरीय हुनुपर्ने बताए ।

यस्तै उनले श्रमिकलाई समस्या भएको गुनासो सुन्न नपर्ने गरी काम गर्नु सबैको दायित्व भएको बताए । अहिले प्राविधिक क्षेत्रमा नयाँ तरिकाले काम गर्न अथवा अनलाइन सेवा सुरु गर्न आर्थिक समस्या भए मन्त्रालयले रकम उपलब्ध गराउन पनि तयार रहेको उनको भनाइ थियो । यस्तै उनले वैदेशिक रोजगारमा नौ लाखसम्म ठगिएका गुनासो आइरहेकाले अब सरकार, म्यानपावर कम्पनी र स्वयम कामदारबीच समन्वय गरेर श्रमिक ठगिने गुनासो न्यूनीकरणमा लाग्नेपर्ने बताए । मन्त्री कुँवरले विदेशमा काम गर्ने श्रमिकले ठूलो मात्रामा रेमिट्यान्स पठाइरहेकाले त्यो पैसालाई एकीकृत गरेर व्यवस्थित गर्ने, बैंक प्राणीलाई प्रभावकारी बनाउने र अझै श्रमिकलाई प्रोत्साहन हुने काम गर्नुपर्नेमा जोड दिए । अहिले सरकारले परिचयपत्र, ई–पासर्पोट, श्रम स्वीकृत, कल सेन्टर, विदेशबाटै श्रम स्वीकृत गर्ने, औषधि उपचार सेवा दिनेजस्ता कामहरू अनलाइनबाटै गरिरहेको छ । त्यस्तै अनलाइनबाट दिने सेवामा सबैभन्दा प्रभावकारी श्रम स्वीकृत दिने काम भइरहेको छ ।

छलफल कार्यक्रममा मन्त्रालयका सचिव, उपसचिव, वैदेशिक रोजगार विभाग, बोर्ड, सामाजिक सुरक्षा कोष, अध्यागमन विभाग, कन्सुर विभाग, राहदानी विभाग, सूचना प्रविधि विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलगायतका कर्मचारीको सहभागी रहेको थियो । उनीहरूले आफूहरूले दिने सेवालाई छिटो छरितो र प्रभावकारी बनाउनका लागि सबै विभागबाट एक÷एक जना प्रतिनिधि मिलेर समिति समेत बनाएको बताए । समितिले प्राविधिकरूपमा देखा परेका समस्यालाई पहिचान गरी समाधानका लागि पहल गर्ने काम गर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x