Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक दुई हजार ४४ बिन्दुमा

सेयर बजार परिसुचक दुई हजार ४४ बिन्दुमा


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो चार दशमलव ८९ अंकले उकालो लागेको सेयर बजार साताको पाँचौं कारोबार दिन आज बिहिबार भने पाँच दशमलव ८७ अंकले ओरालो लागेर दुई हजार ४४ दशमलव ७२ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८६ अंकले ओरालो लागेर तीन सय ९१ दशमलव ६४ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २७ हजार पाँच सय २२ पटकको कारोबारमा ३९ लाख आठ हजार तीन सय ९५ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ६४ करोड २६ लाख ४८ हजार पाँच सय ८७ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहह्रुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x