नेपाल एयरलाइन्सले कोषलाई ति-यो ऋणबापतको किस्ता
काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण किस्ताबापतको एक अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ । निगमले जहाज खरिद गर्दा लिएको ऋण दायित्वको किस्ताबापतको एक अर्ब ३५ करोड रुपैयाँ सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको जनाएको छ । उसले अढाई वर्षपछि ऋणबापतको किस्ता तिरेको हो ।
कर्मचारी सञ्चकय कोष र नागरिक लगानीको कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदबापतको ४५ करोड र वाइडबडी जहाज खरिदबापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ताबापतको रकम भुक्तानी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । नागरिक लगानीको कोषको हकमा भने वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको ४५ करोड रुपैयाँ भुक्तानी गरिएको हो ।
‘विगतमा विश्वव्यापी कारोना महामारीका कारण विश्व उड्डयन बजार नै धराशायी हुँदै गर्दा निगम पनि अप्ठयारो समयबाट गुज्रिनुपरेको यथार्थका बीच व्यवसायमा आएको तत्कालीन शिथिलताले आम्दानीको स्रोतमा समेत नकारात्मक असर पर्न गाएको थियो । पछिल्लो समय कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनसँगै अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी दरमा सुधार, उडानमा भएको सामान्यीकरण तथा नियमिततासँगै आम्दानीमा समेत तुलनात्मक बढोत्तरी भएको कारण उक्त किस्ता तिर्न सहज भएको व्यहोरा सम्बन्धित सबैमा अवगत गराइन्छ’, निगमले जारी गरेको वक्तव्यमा भनिएको छ । कोरोनापछि अवस्था सामान्य बनेसँगै मुलुकमा हवाइ क्षेत्र सुधारोन्मुख हुँदै गएको हो । जुन विश्व परिवेशमा समेत महसुस गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया