एक करोड बराबरको राजस्व छलीका सामानसहित एक जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब एक करोड रुपैयाँ बराबरको राजस्व छलीका सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको सखुवा बर्सौनी गाउँपालिका–१ घर भई हाल काठमाडौं–७ साततले बस्ने ४१ वर्षीय नवराज शर्मा भन्ने छविलाल अगस्ती रहेका छन् ।
प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार काठमाडौंको चाबहिलनजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान फेला परेको हो । प्रहरीले विभिन्न ब्राण्डका विदेशी चुरोट दुई हजार नौ सय ८० बण्डल, ४८ किलो पानराज गुट्खा, तीन सय ८० थान अक्सिमिटर, सुर्तीजन्य पदार्थ, मोटरसाइकलको पार्टस, इलेक्ट्रोनिक्स चिप्स, पटाका, भुइँचम्पा, आतिसबाजलगायतका सामग्री बरामद गरी बिहीबार सार्वजनिक गरेको छ ।
अवैध रुपमा सामान ल्याएर राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले बुधबार ती सामान बरामद गरेको हो । अवैध रुपमा ल्याइएका ती सामान काठमाडौं महानगरपालिका ७ गोपीकृष्णनगरस्थित श्रीजल एण्ड सुजाता ट्रेडिङ कन्सर्न प्रालिको नामबाट कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनले भारतबाट गैरकानुनी रुपमा राजस्व छलेर नेपाल ल्याएका ती सामान काठमाडौं महानगरपालिका ७ स्थित पुष्पा अधिकारीको घरको सटर भाडामा लिइ भण्डारण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
बरामद गरिएका ती सामान अनुसन्धान तथा कारबाहीका लागि बिहीबार नै राजस्व अनुसन्धान विभागमा पठाइएको छ भने विष्फोटक पदार्थसमेत रहेकाले सोही कसुरअन्तर्गतको मुद्दामा उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया