Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमतदानस्थल र केन्द्र पुनरावलोकनका लागि कार्ययोजना तयार

मतदानस्थल र केन्द्र पुनरावलोकनका लागि कार्ययोजना तयार


काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थल र मतदानकेन्द्र पुनरावलोकनका लागि कार्ययोजना तयार गरेको छ । आयोगले सोका लागि यही साउन १ गतेदेखि भदौ ७ गतेसम्म कार्यक्रम सञ्चालन हुने गरी आयोगको गत असार ३१ गतेको निर्णयअनुसार कार्यक्रम स्वीकृत गरी जिल्ला जिल्लामा पठाइसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरूपबाट सम्पन्न गर्न पुनरावलोकन कार्यलाई प्रभावकारी बनाउन आइतबार मतदानस्थल तथा मतदानकेन्द्र निर्धारण समन्वय समितिको बैठक भएको उनको भनाइ छ । समितिले आवश्यक पूर्वाधारसहित पायक पर्ने स्थानमा मतदानस्थल तथा मतदानकेन्द्र निर्धारण गरी पुनरावलोकन गर्दै सिफारिस गरी पठाउने सम्बन्धमा आवश्यक सहयोग, सहजीकरण र समन्वय गरिदिन नेपाल सरकार, गृह मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयहरूलाई अनुरोध गरेको छ । यस्तै समितिले जिल्ला मतदानस्थल तथा मतदानकेन्द्र सिफारिस समितिबाट आयोजना गरिएको छलफल कार्यक्रम र बैठकमा अनिवार्यरूपमा सहभागी हुनका लागि सम्बन्धित राजनीतिक दलका जिल्लास्तरीय संगठनलाई आवश्यक निर्देशन हुन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x