क्रिप्टो कारोबारीका आरोपित श्रेष्ठले विदेशी बैंकमा करोडौं कारोबार गरेको भेटियो
काठमाडौं । विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठले विदेशी बैंकमार्फत करोडौँ कारोबार गर्ने गरेको सार्वजनिक भएको छ । सोमबार प्रहरीले गत असार २९ गते क्रिप्टो कारोबारको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेको नुवाकोट दिनु न गरपालिका वडा नंं २ घर भई हाल काठमाडौंको पानीपोखरी बस्दै आएका अमित श्रेष्ठले गरेको कारोबार सार्वजनिक गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसुरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले श्रेष्ठको साथबाट बरामद भएका मोबाइल तथा ल्यापटप नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग डिजिटल फरेन्सिक ल्याबबाट परीक्षण गरेको थियो ।
परीक्षणको क्रममा प्रहरीले कम्मन वेल्थ बैंक अष्ट्रेलियाबाट एक लाख ९४ हजार दुई सय ८५ रुपैयाँ ५६ पैसाको कारोबार गरेको, रोयल बैंक अफ क्यानडामा १८ लाख ७४ हजार ४ सय २१ रुपैयाँ ३८ पैसा डलरको कारोबार गरेको तथा रोयल बैंक अफ क्यानडाबाटै सेयको कारोबार समेत गर्ने गरेको पाएको हो ।
त्यस्तै नेपाली एभरेष्ट बैंकको खाताबाट दुई करोड छ लाख छ हजार छ सय ९२ र एनआईसी एशिया बैंकको खाताबाट ६५ लाख २४ हजार नौ सय दश रुपैयाँ विभिन्न कम्पनीहरुमा सेयर लगानी गरेको पाएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै प्रहरीले श्रेष्ठको नबिल बैंक लि.मा क्यानडियन डलर ६७ हजार पाँच सय ९६ र ने.रू. ६५ लाख रहेको पाएको छ । श्रेष्ठको काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकीमा जग्गा, ऐ महानगरपालिका वडा नं. ३ लाजिम्पाटमा जग्गा, ऐ पानीपोखरीमा ३ए२ अपार्टमेन्ट गरी जम्मा चार लाख ४९ हजार १९ डलरको सामान बरामद गरेको प्रहरीले बताएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया