प्रख्यात व्यापारी सुरज वैद्यको घरमा प्रहरीको छापा, ३६ जना पक्राउ
काठमाडौं । प्रख्यात व्यापारी सुरज वैद्यको घरमा प्रहरीले छापा मारेको छ । पुरानो टोयोटाको शोरुम समेत रहेको वैद्यको तीनकुनेस्थित घरमा अवैध कल सेन्टर सञ्चालन रहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं, नगर प्रहरी कार्यालय काठमाडौं तथा गौशाला प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले सोमबार छापा मारी ३६ जनालाई नियन्त्रणमा लिएको हो ।
चनियाँसँग वैध–अवैध सम्बन्ध रहेका प्रख्यात व्यापारी वैद्यको घरमा चिनियाँ नागरिकले स्काई वल्र्ड सर्भिस प्रालिको नाममा कानुनविपरीतको कार्य गर्ने गरेको विशेष सूचना प्रहरीकहाँ पुगेको थियो । छापा मार्न गएको प्रहरी टोलीलाई नै अभद्र व्यवहार गर्दै रोकिएपछि सुरुमा प्रहरीले आठ जना महिलालाई पक्राउ समेत गरेको थियो ।
प्रहरीले छापा मारी पक्राउ पर्नेहरुमा एचयु युुउहिया चिनियाँ नागरिक, अनुश केशरी, शुभेच्छा दाहाल, जिशन श्रेष्ठ, आरएस खड्का, सुनिल बाँस्कोटा, लाल बहादुर तामाङ, रुद्र बहादुर गुरुङ, राजन गुरुङ, राजेन्द्र भट्ट, भक्त बहादुर राना मगर, गंगा भट्टराई, निरुशा महर्जन, स्वप्निल बम, सुमन श्रेष्ठ, अक्षरत्न तुलाधार, विशाल नेपाली, जिशान सिद्दिके, मनोज सैनी, बिपिन राना, सोनु कठायत, राम प्रसाद खनाल, सुरेन्द्र मगर, मन्दिरा गजमेर, नेहा गुप्ता, रोहन चाम्लिङ राई, दिपक चन्द, नवराज भट्ट, संजय शाही, विक्रम टमाटा, लक्ष्मण आचार्य, जनम राई, विजय लामा, हिक्मत क्षेत्री, भगवत विश्वकर्मा र भुपेन्द्र भण्डारी रहेका छन् ।
पक्राउ परेकाहरुलाई सोधपुछ गर्न भन्दै प्रहरीले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ । प्रहरीले घटनास्थलबाट नगद आठ लाख २९ हजार ५ सय ८५, ल्यापटप ३६१ थान, सीपीयू ७५५ थान, मनिटर (डेस्कटप) ६०५ थान, सीसीटीभी मनिटर एक थान डीभीआरसहित बरामद गरेको बताएको छ । वैद्य आफैँ उक्त कल सेन्टरका सञ्चालक हुन् वा उनले कल सेन्टर सञ्चालन गर्न भाडामा चिनियाँलाई दिएका हुन् भन्ने खुल्नसकेको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया