Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमाछापुच्छ्रेको एटीएम फुटाउँदै गर्दा दुई पक्राउ

माछापुच्छ्रेको एटीएम फुटाउँदै गर्दा दुई पक्राउ


पर्सा । वीरगन्ज महानगरपालिका–८ स्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका–५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७ वर्षीय राजकपुर चौधरी रहेका छन् ।

उक्त बैंकको एटीएम मेसिन फुटाउँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरूउपर चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x