Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक २१ सय ११ बिन्दुमा

सेयर बजार परिसुचक २१ सय ११ बिन्दुमा


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ४४ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने २३ दशमलव ८३ अंकले उकालो लागेर २१ सय ११ दशमलव ९९ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५३ अंकले उकालो लागेर चार सय दुई दशमलव ९२ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ५० हजार दुई सय ९७ पटकको कारोबारमा ७५ लाख आठ हजार एक सय ८८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम तीन अर्ब १६ करोड १४ लाख ५५ हजार एक सय ४२ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज कारोबार भएका कुल उपसमुहहरु मध्ये एउटा उपसमुहको सुचक ओरालो लागेर बाँकी १२ वटा उपसमुहको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x