Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याइने

जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याइने


काठमाडौं । जनकपुर चुरोट कारखानालाई फेरि सञ्चालनमा ल्याउने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू बताएका छन् । वर्षौँदेखि बन्द अवस्थामा रहेको चुरोट कारखानाको मेसिनहरूको बुधबार निरीक्षण गर्दै मन्त्री बडुले चुरोट कारखाना सञ्चालनमा ल्याउने बताएका हुन् ।

नेपालको आर्थिक विकासमा जनकपुर चुरोट कारखानाको निकै ठूलो योगदान रहेकाले यो कारखाना सञ्चालन हुँदा नै देशको लागि लाभदायक हुने उनले बताए । उनले कारखानाको मेसिन तथा अन्य संरचनाहरू राम्रो अवस्थामा रहेकाले सके सरकारले नभए पनि निजी क्षेत्रसँग सहकार्य गरेर कारखाना सञ्चालनमा ल्याउने बताए । उक्त कारखाना सञ्चालनमा ल्याए मुलुकको व्यापारघाटामा केही मात्रामा भए पनि कमी ल्याउन सकिने उनको भनाइ थियो ।

नेपालकै ठूलो कारखानामध्ये एक रहेको जनकपुर चुरोट कारखानाको मेसिन भएको क्षेत्र तथा गोदानहरू अहिले नेपाल सरकारको उद्योग मन्त्रालयको अधीनमा रहेको बताउँदै मन्त्री बडूले सञ्चालनको विषयमा योजना बनाउने जानकारी दिए ।

उक्त कारखाना भएको ठाउँमा मधेश प्रदेश सरकारको मुख्य प्रशासनिक भवन बनाउनका लागि केही दिनअगाडि मात्रै मुख्यमन्त्री लालबाबु राउतसहितका मधेश सरकारका मन्त्रीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए ।

बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूसँग कारखानाको स्थलगत निरीक्षणमा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र नेपाली कांग्रेसका नेताहरू सहभागी थिए । यसअघिका उद्योग मन्त्रीहरू महेन्द्र राय यादव, अनिल झा, मातृका प्रसाद यादवलगायतले समेत आफ्नै पालामा जनकपुर चुरोट कारखानालाई फेरि सञ्चालन गर्ने बताए पनि केही उपलब्धि हुनसकेको छैन । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x