सर्वसाधारणको करोडौं ठगेर गौतमश्री सहकारीका अध्यक्ष गौतम फरार
काठमाडौं । नियमनको अभावमा जमरासरी उम्रेका सहकारीहरु भाग्ने क्रम बढेको छ । पहिला सहकारी खोल्ने र केही वर्ष सञ्चालन गरी सर्वसाधारणलाई रकम जम्मा गर्न प्रोत्साहन गरी ठूलो मात्रामा रकम जम्मा भएपछि सो पैसा सबै कुम्ल्याएर सहकारीका सञ्चालकहरु भाग्ने क्रम बढेको हो ।
यसैको अर्को एक उदाहरण हो काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड । रामबहादुर गौतम अध्यक्ष रहेको गौतमश्री सहकारीले बचतकर्ताहरुको रकम फिर्ता नगरी सञ्चालकहरु नै फरार भएपछि सहकारीमा रकम जम्मा गर्नेहरु फसेको थाहा भएको हो ।
सहकारीका सञ्चालकहरु बचतकर्ताको बचत फिर्ता नगरी भागे पनि बचतकर्ताहरु सहकारी विभाग गुहार्नपुगेका छन् । राजनीतिको आडमा ठगी धन्दा चलाउँदै आएका सहकारीका अध्यक्ष गौतमसहितका सञ्चालकहरु बचतकर्ताहरुले जम्मा गरेका करोडौँ रकम लिएर फरार भएका हुन् । सहकारीमा महाप्रबन्धकमा रवीन्द्र विष्ट थिए ।
स्रोतका अनुसार सहकारीले करिब २५ हजारभन्दा बढी बचतकर्ताबाट करोडौँ रकम उठाएको थियो । बुधबारसम्म सबैको सम्पर्कमा रहेका सहकारीका अध्यक्ष गौतम बिहीबारदेखि एकाएक सम्पर्कविहीन भएका थिए ।
गौतमले सहकारीमार्फत पैसा उठाउने र आफ्नो अन्य व्यवसायहरुमा लगानी गर्दै आउने गरेको एक पीडितले बताए । उनका अनुसार अध्यक्ष गौतमले सहकारीलाई नियमन गर्ने राज्यको बलियो संयन्त्रको अभावको फाइदा उठाउँदै त्यहाँ जम्मा भएको बचत आफ्ना व्यवसायहरुमा लगानी गर्ने र सहकारीबाट लगेको रकम फिर्ता नगर्ने नीति लिँदै आएका थिए ।
बचत रकम संकलन गरेको बताइएको छ । बचतकर्ताले पटक–पटक रकम फिर्ता गर्न माग गर्दा पनि नदिएको गुनासो पीडितहरुको रहेको सहकारी विभागले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया