Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुरमा फरार पक्राउ

बैंकिङ कसुरमा फरार पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका दोषी ठहर भई भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार गुल्मीको सत्यवती घर भई हाल लतिपुरको भैंसीपाटी बस्दै आएका शंकर प्रसाद भण्डारीलाई आइतबार काठमाडौंको कलंकीबाट पक्राउ गरिएको हो ।

भण्डारीविरुद्ध बैंकिङ कसुरमा उच्च अदालत पाटनले वि.सं. २०७९ असार ३ मा दोषी ठहर गर्दै १० लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजायको फैसला गरेको थियो । त्यसपछि उनी भागेका थिए । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x