बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरु थापा र तामाङ पक्राउ
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा दुई जना व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा खोटाङको दिक्तेल रुपाकोट घर भई हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने ३५ वर्षीया माया बस्नेत थापा र काभ्रेको रोशी गाउँपालिका घर भई हाल भक्तपुरको ठिमी नगरपालिका ३ गठाघर बस्ने ४२ वर्षीय गोर्खामान तामाङ रहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए । ‘तीमध्ये तामाङलाई सोमबार भक्तपुरको गठाघरबाट र थापालाई सोमबार ललितपुरको बंगलामुखीबाट पक्राउ गरिएको हो’, प्रहरी उपरीक्षक कोइरालाले भने ।
वादी नेपाल सरकार र प्रतिवादी थापा भएको बिगो ९० लाख रुपैयाँ कायम बैंकिङ कसुरसम्बन्धी मुद्दामा थापाउपर उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो । ‘सोपश्चात् फरार रहेकी थापालाई ललितपुरको बंगलामुखीबाट पक्राउ गरी मंगलबार आवश्यक कारबाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त बालाजु पठाएका हौँ’, प्रहरी उपरीक्षक कोइरालाले भने । प्रतिवादी थापाले भरतमणि घर्ती मगर समेतका व्यक्तिहरुलाई समेत वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर रकम ठगी गरेको विषयमा वैदेशिक रोजगार विभागमा उजुरी परी पक्राउ पुर्जी समेत जारी भएको अनुसन्धानबाट खुलेको छ ।
यसैगरी तामाङउपर पनि उच्च अदालत पाटनले छ लाख रुपैयाँ जरिवाना, तीन दिन कैद र २४ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने गरी फैसला भएको र सोपश्चात् फरार रहेका तामाङलाई भक्तपुरको गठाघरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया