Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२२ लाख ६० हजारसहित उपसचिव पक्राउ

२२ लाख ६० हजारसहित उपसचिव पक्राउ


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका एक उपसचिवलाई घुसबापतको छ लाख रुपैयाँ र स्रोत नखुलेको १६ लाख ५० हजार गरी २२ लााख ५० हजार रुपैयाँसहित मंगलबार राजधानीको एउटा होटलबाट पक्राउ गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव प्रमोद नेपाल घुस र स्रोत नखुलेको रकमसहित पक्राउ परेका हुन् । उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनको लागि अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग छ लाख रुपैयाँ घुस लिएका थिए । घुस लिनासाथ उनी पक्राउ परेका हुन् । घुस दिनेहरुले पहिला नै अख्तियारलाई खबर गरेर उनलाई घुस दिइने होटलमा बोलाएका थिए ।

उपसचिव नेपाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १ को मनकामना मार्गस्थित आरण्य होटलबाट पक्रउ परेका हुन् । छ लाख घुसहित पक्राउ परेपछि उनले चढ्ने सरकारी बा.१झ ९९४६ नम्बरको गाडीमा खानतलासी गर्ने क्रममा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको थियो । उनले उक्त छ लाख रुपैयाँ घुस लिनुअघि अर्कै व्यक्तिसँग पनि घुस लिएको आशंका अख्तियारले गरेको छ । अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले मंगलबार साँझ विज्ञप्ति जारी गरी उपसचिव नेपालमाथि थप अनुसन्धान भइरहेको जनाएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x