कृषि क्षेत्रमा वाणिज्य बैंकहरूको चार खर्ब ९० अर्ब रुपैयाँ कर्जा
काठमाडौं । वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा चार खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले कुल कर्जा लगानीमध्ये २०७९ असार मसान्तसम्म न्यूनतम १२ प्रतिशत, २०८० असार मसान्तसम्म १३ प्रतिशत, २०८१ असार मसान्तसम्म १४ प्रतिशत र २०८२ असारसम्म १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । ‘सोअनुसार २०७८ चैत मसान्तमा वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा औसतमा १२ दशमलव २८ प्रतिशत अर्थात् चार खर्ब ९० अर्ब १५ करोड कर्जा प्रवाह गरेका हुन्’, राष्ट्र बैंकले भनेको छ ।
ऊर्जा क्षेत्रमा भने वाणिज्य बैंकहरुले कुल दुई खर्ब २० अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जा लगानीमध्ये २०७९ असार मसान्तसम्म न्यूनतम छ प्रतिशत, २०८० असार मसान्तसम्म सात प्रतिशत, २०८१ असार मसान्तसम्म आठ प्रतिशत र २०८२ असार मसान्तसम्म १० प्रतिशत कर्जा ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । सोअनुसार २०७८ चैत मसान्तसम्ममा ऊर्जा क्षेत्रमा औसतमा पाँच दशमलव ५१ प्रतिशत अर्थात दुई खर्ब २० अर्ब आठ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुुसार लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा भने वाणिज्य बैंकहरुले झण्डै चार खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जा लगानीको २०७९ असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत, २०८० असार मसान्तसम्म १२ प्रतिशत, २०८१ असार मसान्तसम्म १३ प्रतिशत र २०८२ असार मसान्तसम्म १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा, एक करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत, प्रवाह गर्नुपर्ने व्यवस्था रहेको छ । सो अनुसार २०७८ चैत मसान्तमा उक्त क्षेत्रमा औसतमा नौ दशमलव ८५ प्रतिशत अर्थात तीन खर्ब ९३ अर्ब २८ करोड कर्जा प्रवाह भएको छ ।
यसैगरी विकास बैंकहरुले २०७९ असार मसान्तसम्म कुल कर्जा लगानीको १७ प्रतिशत, २०८० असार मसान्तसम्म १९ प्रतिशत र २०८१ असार मसान्तसम्ममा २० प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकको भनाई छ । सो अनुसार २०७८ चैतमा विकास बैंकहरुले यो क्षेत्रहरुमा औसतमा २६ दशमलव ६२ प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ९२ करोड कर्जा प्रवाह गरेको राष्ट्र बैंकको भनाइ छ । फाइनान्स कम्पनीहरुले भने २०७९ असार मसान्तसम्म कुल कर्जा लगानीको १२ प्रतिशत, २०८० असार मसान्तसम्म १४ प्रतिशत र २०८१ असार मसान्तसम्ममा १५ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ ।
सो अनुसार २०७८ चैत मसान्तमा भने यी क्षेत्रहरुमा औसतमा २१ दशमलव ९२ प्रतिशत अर्थात् १६ अर्ब १५ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुुसार अहिले वाणिज्य बैंकहरुको कुल संख्या २६, विकास बैंकहरुको कुल संख्या क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ र फाइनान्स कम्पनीहरुको संख्या १७ वटा रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
- आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
- रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया