Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबौद्व धर्मगुरुको आरोप : निर्माण व्यवसायीले धम्काएर खाली चेकमा हस्ताक्षर गर्न लगाई बाउन्स गरेर सम्पत्ति हडप्न खोजे

बौद्व धर्मगुरुको आरोप : निर्माण व्यवसायीले धम्काएर खाली चेकमा हस्ताक्षर गर्न लगाई बाउन्स गरेर सम्पत्ति हडप्न खोजे


काठमाडौं । बौद्व धर्मगुरु भीमसुवा गुरुङले भक्तपुरका निर्माण व्यवसायी केशव त्वानावासुले आफूलाई धम्काएर खाली चेकमा हस्ताक्षर गर्न लगाई बाउन्स गरेर सम्पत्ति हडप्न खोजेको आरोप लगाएकी छिन् । त्वानावासु आफैँले पाँच करोड १४ लाख ६० हजार रूपैयाँ भरेर चेक बाउन्स गरेको उनको आरोप छ ।

गुरुङले आफूलाई गत जेठ २ गते त्वानावासु र उनीसँग आएका जीवन बुढाथोकीलगायत नौ जनाले विप्लव समूहका हौँ भन्दै धम्काएको बताइन् । उनीहरूले हतियार खल्तीमा छ भनेर धम्काउँदै छ घण्टा बन्धक बनाएर अफिसमा रहेको हिमालयन बैंकको उक्त रकम भुक्तानी हुने तीनवटा चेक लगेको उनको भनाइ छ । उनीहरूले आफ्नो छोरा मार्ने र आफूलाई अपाङ्ग बनाउने धम्की दिएर चेक जबरजस्ती लगेको गुनासो गरिन् ।

रिपोर्टर्स क्लब नेपालमा गत बिहीबार पत्रकार सम्मेलन गर्दै रिम्पोछे ट्रस्टकी अध्यक्ष समेत रहेकी गुरुङले उनीहरूले आफूलाई नियन्त्रणमा लिएर छाडेपछि लगत्तै महानगरीय प्रहरी वृत्त स्वयम्भूमा जानकारी गराए पनि आफ्नो कुरा सुनुवाइ नगरेको दुखेसो पोखिन् । त्यहाँ आफ्नो कुरा सुनुवाइ नभएपछि जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दिन जाँदा त्यहाँ पनि दर्ता नगरेको उनको भनाइ छ । गुरुङले सभामुख, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, संघीय संसद् समेत १२ वटा कार्यालयमा प्रमाणको रूपमा सीसीटीभी फुटेजसहित निवेदन पेस गरे पनि आजसम्म कुनै जानकारी नआएको जानकारी दिइन् ।

धुकुछु कन्स्ट्रक्सन कम्पनीका सञ्चालक केशव त्वानावास र अस्का कन्स्ट्रक्सनका सञ्चालक विनोद कुमार तामाङबीच जापानको निको शहरमा स्वयम्भू स्तूपा निर्माण गर्न एनपीओ आस्पा जापानसँग र अस्का कन्स्ट्रक्सनले सम्झौता भएको थियो । उक्त सम्झौताअनुुसार धुकुछु कन्स्ट्रक्सन कम्पनीका सञ्चालकले गुरु रिम्पोछे ट्रस्टको खातामा तीन करोड रूपैयाँ जम्मा गरेको र उक्त रकम विनोद कुमार तामाङले बुझे पनि कोभिडको कारण काम अगाडि बढाउन सकेनन् । पछि ती दुईबीच भएको सम्झौताबमोजिम काम नभएपछि तीन करोड रूपैयाँ बुझेका विनोद कुमारले रकम फिर्ता गर्न नसकेपछि केशवले आफूमाथि आपराधिक कार्य गरेको उनको दाबी छ । उनले भनिन्, ‘केशवले निकै टर्चर दियो, टर्चर पनि यतिसम्म दियो कि मर्नु कि बाँच्नुसम्म टर्चर दियो । सात–सात घण्टा नियन्त्रणमा लिएर उहाँहरूले मेरो चेक जबरजस्ती लगेको छ । त्यसमा पनि मेरो खाता क्लोज गरेर फेरि त्यही चेकलाई हनुमान ढोकामा बाउन्स गर्न पुगेको रहेछ । मलाई धेरै अन्याय भएको कारण आज पत्रकार सम्मेलन गर्नुपरेको हो ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x