Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२१ सय ८६ बिन्दुमा खुम्चियो सेयरबजार

२१ सय ८६ बिन्दुमा खुम्चियो सेयरबजार


काठमाडौं । सेयरबजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन दुई दशमलव ७६ अंकले ओरालो लागेको सेयरबजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन छ दशमलव ७२ अंकले ओरालो लागेर २१ सय ८६ दशमलव ७६ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६३ अंकले ओरालो लागेर चार सय २० दशमलव ५० बिन्दुमा झरेको छ । यसदिन १३ वटा उपसमुह अन्तर्गत दुई सय १८ वटा कम्पनीहरुको सेयर किनबेच भएको छ । जसबाट ५७ हजार चार सय २३ पटकको कारोबारमा ९५ लाख ४२ हजार छ सय सात कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा यसदिन कुल सेयर कारोबार रकम चार अर्ब दुई करोड ९९ लाख चार हजार दुई सय ५१ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसमुहहरु मध्ये चार वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x