राष्ट्र बैंकद्वारा स्ट्यान्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई जरिवाना
‘अनिवार्य नगद मौज्दात नै देखिएन’
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुईवटा वाणिज्य बैंकहरुलाई कारबाहीको डण्डा चलाएको छ । राष्ट्र बैंकका अनुसार तोकिएको अनिवार्य नगद मौज्दातको सीमा कायम नगरेकाले नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र बहुराष्ट्रिय समूहद्वारा प्रवद्र्धित स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाललाई कारबाही गरिएको हो ।
आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिकमा कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात कायम नगरेकाले उक्त दुई बैंकमाथि कारबाही गरिएको राष्ट्र बैंकको भनाइ छ । कारबाहीस्वरुप स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई पहिलो पटक ६३ हजार पाँच सय ९७ रुपैयाँ ८३ पैसा नगद जरिवाना तिराइएको राष्ट्र बैंकको भनाइ छ । यसैगरी एनसीसी बैंकको हकमा पनि पहिलो पटक ४९ हजार आठ सय ८१ रुपैयाँ ७५ पैसा जरिवाना तिराइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसैबीच राष्ट्र बैंकले २०७९ भदौ १२ देखि नै कार्यान्वयनमा आउने गरी कुल निक्षेपमा चार प्रतिशत अनिवार्य नगद मौज्दात कायम राख्न बैंक तथा फाइनान्स कम्पनहरुलाई निर्देशन दिएको छ ।
चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनमा ल्याउने क्रममा राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । निर्देशनअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले यही भदौ १२ गतेदेखि कुल निक्षेप दायित्वको चार प्रतिशत अनिवार्य नगद मौज्दातबापतको रकम राष्ट्र बैंकमा राख्नुपर्नेछ । यस व्यवस्थाबमोजिम कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ७० प्रतिशत रकम दैनिकरुपमा राष्ट्र बैंकमा राख्नुपर्नेछ ।
वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्था २०७९ पुस मसान्तदेखि इजाजतपत्रप्राप्त वाणिज्य बैंकले कुल स्वदेशी निक्षेपको १२ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ । विकास बैंक र फाइनान्स कम्पनीहरुले भने १० प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्नेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया