Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनोेवल कोरोनाका कारण हुण्डीको रेट घट्यो

नोेवल कोरोनाका कारण हुण्डीको रेट घट्यो


काठमाडौं, फागुन १३
छिमेकी राष्ट्र चीनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसका कारण विश्वबजारमा नेपालबाट हुुने हुुण्डी कारोबारको रेट घटेको छ । कोरोनाको संक्रमण फैलिनुुअघि प्रतिहजार हुुण्डीको कारोबारमा १० देखि ५० रुपैयाँसम्म लिने गरेको भए पनि अहिले यसको रेट घटेर बैंकको रेमिट्यान्स दरभन्दा पनि कम भएको स्रोतले बताएको छ ।

चीनबाट फैलिएको कोरोनाका संक्रमण अहिले चीनको विभिन्न सहरसहित, दक्षिण कोरिया, थाइल्याण्ड, हङकङ, जापान, सिंगापुर लगाययका राष्ट्रहरुमा फैलिएको छ । सोही कारण यी राष्ट्रहरुमा हुुने हुण्डी कारोबारको रेट पछिल्लो समय ह्वात्तै घटेको स्रोतको भनाइ छ । आफू विगत ४१ वर्षदेखि व्यापारमा संलग्न रहेको भए पनि अहिलेसम्म हुुण्डी रेट यसरी घटेको थाहा नभएको ती व्यापारीले बताए । हुुण्डीको रेट घट्दा व्यापारीहरुलाई भने फाइदा पुुगेको उनको भनाइ छ । नेपालमा वैदेशिक रोजगार, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, सुुनचाँदीको गैरकानुुनी कारोबार र एवं भारत, चीनलगायतका मुुलुकहरुबाट हुुने आयात र निर्यातमा अतिरिक्त लाभको लागि हुुण्डीमार्फत रकम भुक्तानी गरिन्छ ।

नेपाल राष्ट्र बैंकले हुुण्डीको कारोबारलाई गैरकानुुनी माने पनि अहिलेसम्म यो नियन्त्रणमा आउनसकेको छैन । अहिले हुुण्डी रेट घटेपछि भने यस्तो कारोबार अझै फैलिन सक्ने स्रोत बताउँछ । ‘नेपालबाट चीन र खाडी मुुलुकमा ठूलो मात्रामा हुण्डीको कारोबार हुुने गरे पनि कोरानाकै कारण चीन हुुने हुण्डीको कारोबार भने अहिले पूर्णरुपमा रोकिएको छ’, स्रोत भन्छ ।

नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमा र वैधानिक माध्यमबाहेक अन्य माध्यमबाट नेपालबाट विदेशमा रकम पठाउन सकिँदैन । यस्तो रकम हुुण्डीको माध्यमबाट पठाउने गरिएको छ । तर कोरोना संक्रमण फैलिएका कारण हुुण्डीको रेट घट्दा यस्तो कारोबारले अझै प्रोत्साहन पाउन सक्नेछ । अहिले मलेसिया, दुुवई, कतार, लगायतका राष्ट्रहरुमा हुुण्डी गर्नको लागि त्यही नै बस्ने केही नेपालीहरु संलग्न रहेको र उनीहरुले बजार मूल्यभन्दा कम दरमा मुुद्रा सटही समेतको कार्य गर्ने गरेको स्रोतले बताएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x