Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार६७ अर्ब ६४ करोडको जलविद्युत् आयोजनाको प्रस्ताव

६७ अर्ब ६४ करोडको जलविद्युत् आयोजनाको प्रस्ताव


काठमाडौं, फागुन १३
नेपाली व्यवसायीहरुले ऊर्जा क्षेत्रको विकासको लागि मुलुकभर २७ वटा जलविद्युत् आयोजना स्थापना गर्ने बताएका छन् । उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष (२०७६/०७७) को सात महिना अर्थात् साउनदेखि माघसम्मको अवधिमा स्वदेशी व्यवसायीहरुले मुलुकका १७ जिल्लामा २७ वटा हाइड्रोपावर स्थापना गर्ने बताएका छन् ।

नीहरुले विभागसमक्ष २७ वटा हाइड्रोपावर स्थापनाका लागि ६७ अर्ब ६४ करोड ७४ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरेको विभागले जानकारी दिएको छ भने हाइड्रोपावर स्थापनासँगै एक हजार एक सय २२ जनालाई रोजगारी दिने समेत बताएका छन् ।

विभागका अधिकारीका अनुसार भोजपुर, धादिङ, दोलखा, गोर्खा, इलाम, म्याग्दी, संखुवासभा, ताप्लेजुङ गरी १७ वटा जिल्लामा हाइड्रोपावर स्थापना गर्ने जनाएका व्यवसायीहरुले सबैभन्दा धेरै पाँचवटा हाइड्रोपावर सिन्धुपाल्चोक त्यसपछि क्रमशः दोलखा, कास्की र संखुवासभामा क्रमशः तीन÷तीन वटा हाइड्रो स्थापना गर्ने प्रतिबद्धता गरेका बताए ।

व्यवसायीहरुद्वारा ऊर्जा क्षेत्रमा चालू आवमा आएको लगानी प्रतिबद्धता गत आव (२०७५/२०७६)को सोही समयभन्दा १२ अर्ब दुई करोड ३५ लाख रुपैयाँले कमी हो । गत आवको सोही समयमा व्यवसायीहरुद्वारा ऊर्जा क्षेत्रमा ७९ अर्ब ६७ करोड नौ लाख लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । उनीहरुले १८ वटा हाइड्रो स्थापनाका लागि सो लगानी प्रतिबद्धता जनाएका हुन् ।

व्यवसायीहरुले जुरिम्वा हाइड्रो स्थापना गर्ने भन्दै विभागमा दर्ता गराएका छन् । व्यवसायीहरुले सिन्धुपाल्चोकमा स्थापना गरिने सो हाइड्रोपावरमा एक अर्ब ७२ करोड ३९ लाख लगानी प्रतिबद्धता जनाएका छन् । सात दशमलव ६३ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सो हाइड्रोबाट उत्पादित बिजुली ५० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ ।

व्यवसायी गोपाल कुमार तण्डुकारले ६६ करोड ३९ लाख ५० हजार लगानी गर्ने भन्दै अम्बे हाइड्रो नामक ऊर्जा कम्पनी विभागमा दर्ता गराएका छन् । तीन दशमलव ७५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सो हाइड्रोबाट उत्पादित बिजुली ५० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाएको छ ।

व्यवसायी हिमाल गुरुङले ९७ करोड लगानी गर्ने भन्दै विभागमा हिमपर्वत हाइड्रो प्रालि शाखा उद्योग १ दर्ता गराएका छन् । ५ दशमलव ५ मेगावाट क्षमताको सो हाइड्रोबाट उत्पादित विद्युत् ५० केभीए प्रसारणलाइनमार्फत वितरण गरिने जनाइएको छ । व्यवसायी गुरुङले हाइड्रो स्थापनासँगै ५४ जनालाई रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेका छन् । व्यवसायीहरुले विद्युत् उत्पादन गर्ने भन्दै फर्स्ट सोलार डेभलपर्स प्रालि विभागमा दर्ता गराएका छन् । ४५ करोड ७२ लाख रुपैयाँ लगानी गर्ने भनिएको सो सौर्य ऊर्जाको क्षमता नौ मेगावाट रहेको छ भने उत्पादित बिजुली १०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने समेत जनाइएको छ ।

रवि इन्भेष्टमेन्ट प्रालि र मनिप्लान्ट इन्भेष्टमेन्ट प्रालिले क्रमशः साझा पावर डेभलपमेन्ट र मादमे खोला हाइड्रोपावर प्रालि नामक ऊर्जा विभागमा दर्ता गराएका छन् । रविले तीन अर्ब ५१ करोड ८७ लाख तथा मनिप्लान्टले तीन अर्ब ६१ करोड ३४ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका ती उद्योगबाट क्रमशः २० मेगावाट र २४ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य व्यवसायीहरुले लिएका छन् । उत्पादित बिजुली क्रमशः १०० केभीए र ३०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ ।

व्यवसायी इन्दिरा पन्तले दोलखा बिगु ८ मा कालिञ्चोक हाइड्रो स्थापना गर्ने भन्दै विभागमा दर्ता गराएकी छिन् । ८५ करोड ८० लाख रुपैयाँ लगानी रहने सो हाइड्रोको क्षमता पाँच मेगावाट रहेको भने हाइड्रोबाट उत्पादित बिजुली १०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ ।

व्यवसायी डिल्लीराम अर्यालले आरती पावर कम्पनी स्थापना गर्ने भन्दै विभागमा दर्ता गराएका छन् । दुई अर्ब ६० करोड २२ लाख लगानी रहने सो हाइड्रोको क्षमता १४ दशमलव ५ मेगावाट रहेको छ भने हाइड्रोबाट उत्पादित बिजुली २०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ । व्यवसायीहरुले विभागमा चिसाड्रग हाइड्रो प्रालि दर्ता गराएका छन् । ३० करोड ४५ लाख पाँच हजार लगानी रहने सो हाइड्रोको क्षमता १ दशमलव ८ मेगावाट रहेको छ भने हाइड्रोबाट उत्पादित बिजुली ३० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ ।

व्यवसायी विद्यालक्ष्मी लामिछानेले हाइड्रो कनेक्सन प्रालि विभागमा दर्ता गराएकी छिन् । तीन अर्ब १२ करोड ४५ लाख लगानी प्रतिबद्धता जनाइएको सो हाइड्रोका क्षमता १८ मेगावाट रहेको छ भने उत्पादित बिजुली १०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ । ६८ जनालाई रोजगारी दिने प्रतिबद्धता समेत व्यवसायी लामिछानेले गरेकी छिन् । व्यवसायीहरुले माउण्ट रसुवा हाइडो प्रालि विभागमा दर्ता गराएका छन् । तीन अर्ब १६ करोड ३० लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको सो हाइड्रो क्षमता १६ मेगावाटको रहने जनाइएको छ भने उत्पादित विद्युत् १०० केभीए प्रसारणलाइनमार्फत वितरण गरिनेछ ।

व्यवसायीहरुले बारपाक दरौंदी हाइडो प्रालि विभागमा दर्ता गराएका छन् । एक अर्ब ६९ करोड ८० लाख लगानी प्रतिबद्धता जनाइएको सो हाइड्रो क्षमता १० मेगावाटको रहेको छ भने २०० केभीए प्रसारणलाइनमार्फत बिजुली वितरण गर्ने जनाइएको छ ।

व्यवसायी भानुभक्त पोखरेलले सान्भी इनर्जी प्रालि शाखा उद्योग १ उद्योग दर्ता गराएका छन् । एक अर्ब ९० लाख लगानी रहने सो हाइड्रोको क्षमता ५ दशमलव २ मेगावाट रहेको छ भने उत्पादित बिजुली ५० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ ।

व्यवसायी गोपाल प्रसाद निउरेले संयुक्त ऊर्जा प्रालि नामक कम्पनी विभागमा दर्ता गराएका छन् । तीन अर्ब ५३ करोड ७० लाख लगानी प्रतिबद्धता जनाइएको सो हाइड्रोको क्षमता २१ दशमलव ३० मेगावाट रहेको छ भने उत्पादित बिजुली ५० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ । व्यवसायी निउरेले उद्योग स्थापनासँगै २१ जनालाई रोजगारी दिने बताएका छन् । व्यवसायी जगत बहादुर पोखरेलले भिजन लुम्बिनी ऊर्जा कम्पनी विभागमा दर्ता गराएका छन् । चार अर्ब ६९ करोड ४९ लाख लगानी रहने सो हाइड्रोको क्षमता २५ मेगावाटको हुनेछ भने उत्पादित बिजुली १०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ ।

यस्तै व्यवसायीहरुले कास्की जिल्लामा भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले हाइड्रो स्थापना गर्ने जनाएका छन् । चार अर्ब ६९ करोड ४९ लाखमा स्थापाना गरिने सो हाइड्रोको क्षमता २५ मेगावाट हुनेछ भने ताप्लेजुङमा काङ हाइड्रोपावर कम्पनी प्रालि स्थापना गर्ने भन्दै व्यवसायीले तीन अर्ब ३२ करोड ५७ लाख लगानी गर्ने बताएका छन् । सो हाइड्रोको क्षमता १७ दशमलव ८५ मेगावाट हुनेछ ।

मिलारोपा इनर्जी प्रालिले सिन्धुपाल्चोक चार अर्ब चार करोड रुपैयाँ लगानीमाहाइड्रो स्थापना गर्ने जनाएको छ भने हाइड्रो क्षमता २३ दशमलव ६ मेगावाट हुनेछ भने माबिलुङ इनर्जी प्रालिले संखुवासभामारु ८७ करोड ६० लाख लगानीमाहाइड्रो स्थापना गर्ने जनाएको छ भने हाइड्रोको क्षमता ४ दशमलव ९५ मेगावाट हुनेछ भने अपर वलेफी हाइड्रोपावर लिमिटेडले सिन्धुपाल्चोकमा पाँच अर्ब ८० करोड लगानीमा ४६ मेगावाट क्षमताको हाइड्रो स्थापना गर्ने जनाएको छ ।

यस्तै हाइड्रो कन्सर्न प्रालिले रसुवामा एक अर्ब ७४ करोड १४ लाखमा ९ मेगावाट क्षमताको हाइड्रो तथा गोर्खामा १ र लमजुङ ४ र ५ मा चम्पावती हाइड्रो स्थापना गर्ने भएका छन् । उनीहरुले एक अर्ब ३३ करोड लगानीमा ७ मेगावाट क्षमताको हाइड्रो निर्माण गर्ने भएका छन् ।

व्यवसायीले संखुवासभास्थित चैनपुर नगरपालिकमा ९० करोड ८० लाख लगानी मिल्के जलजले हाइड्रो स्थापना गर्ने जनाएका छन् भने हाइड्रोको क्षमता ४ दशमलव ९९ मेगावाट हुनेछ भने धादिङको रुबी गाउँपालिकामा रुबि भ्याली हाइड्रो स्थापना गर्ने भएका छन् । एक अर्ब ३६ करोड लगानीमा ७ मेगावाट क्षमता हुनेछ ।

यस्तै व्यवसायीहरुले पाँच अर्ब ८० करोड लगानीमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा शैलुङ पावर हाइड्रो स्थापना गर्न लागेका छन् भने सो हाइड्रोको क्षमता ४० मेगावाट हुनेछ । उनीहरुले रुकुमको आठबीसकोटमा चार अर्ब ९९ करोड ८० लाख लगानीमा २१ मेगावाट क्षमताको सांग्रिला हाइड्रो स्थापना गर्न भएका छन् ।

व्यवसायीहरुले दोलखाको बिगु गाउँपालिकामा ५० करोड ५५ लाख सात हजार लगानीमा ३ मेगावाट क्षमताको बिगु हाइड्रो स्थापना गर्ने भएका छन् । संखुवासभाको मकालु गाउँपालिकामा तीन अर्ब ८३ करोड ३९ लाखमा ३७ दशमलव ७ मेगावाट क्षमताका इसुवा इनर्जी हाइड्रो स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै स्वदेशी व्यवसायीको तुलनमा सो अवधिमा विदेशी लगानी अर्थात् प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता कमी रहेको पाइन्छ । विदेशी लगानीकर्ताहरुले सो अवधिमा झण्डै १२ अर्ब लगानी प्रतिबद्धता गरेका छन् । स्वदेशी व्यवसायीहरुले लगानी प्रतिबद्धता मात्र जनाउने तर लगानी तथा हाइड्रो स्थापना भने न्यून गरेको छ । जसले गर्दा अर्थतन्त्रको विकास हुनसकेको छैन । नागरिकहरुले रोजगारी समेत पाउनसकेका छैनन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x