Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२१ सय २३ अंकमा उक्लियो सेयर बजार

२१ सय २३ अंकमा उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको सुरुवाती कारोबार दिन आज आईतबार बजार परिसुचक १० दशमलव २७ अंकले उकालो लागेर २१ सय २३ दशमलव ८२ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव एक अंकले उकालो लागेर चार सय नौं दशमलव ५५ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसअन्तर्गत ४४ हजार दुई सय ४० पटकको कारोबारमा ६१ लाख छ हजार पाँच सय २१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम अर्ब ६७ करोड ३३ लाख ३८ हजार दुई सय ३२ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये जीवन बीमा उपसमुहको सुचक चार दशमलव ५५ अंकले ओरालो लागेर नौं हजार नौं सय चार दशमलव ८९ बिन्दुमा झरेकोमा बाँकी उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x