Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार

१७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन १० दशमलव २७ बिन्दुले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने १७ दशमलव ६८ अंकले ओरालो लागेर २१ सय छ दशमलव १५ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४४ अंकले ओरालो लागेर चार सय छ दशमलव ११ बिन्दुमा कायम रहेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४४ हजार पाँच सय ५३ पटकको कारोबारमा ६५ लाख २७ हजार चार सय १४ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब ८५ करोड ७० लाख ७२ हजार नौं सय ६१ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहको सुचक बढेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x