दुई दर्जन बढी लघुवित्तद्वारा वित्तीय विवरण प्रकाशनमा ढिलाइ
सञ्चालनमा रहेका ६७ मध्ये ४१ वटाको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक
काठमाडौं । दुई दर्जन बढी लघुवित्तहरुले वित्तीय विवरण प्रकाशनमा ढिलाइ गरेका छन् । सञ्चालनमा रहेको सबैजसो वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्दा झण्डै दुई दर्जन लघुवित्त संस्थाहरुले भने अझैसम्म पनि वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।
क्षेत्रीय, राष्ट्रिय, जिल्लागत र प्रदेशगत समेत गरी ६७ वटा लघुवित्तहरुले लघुवित्तसम्बन्धी कारोबार सञ्चालन गर्दै आएकोमा हालसम्म ४१ वटाले मात्र आव २०७८/०७९ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसअनुसार अझै २६ वटा लघुवित्त संस्थाहरुले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्न बाँकी छ । वित्तीय विवरण सार्वजनिक गरेकाहरुमध्ये आरएसडीसी लघुवित्तले आव २०७८/०७९ मा १३ करोड ५२ लाख दुई हजार ७१ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवमा भने उक्त संस्थाको यस्तो नाफा नौ करोड १० लाख ७५ हजार २७ रुपैयाँ थियो । मिथिला लघुवित्तले भने आव २०७८/०७९ मा सात करोड ३६ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवमा उक्त संस्थाको यस्तो नाफा छ करोड ४९ लाख ३९ हजार रुपैयाँ थियो ।
कालिका लघुवित्तले पनि पछिल्लो आवमा १२ करोड ८४ लाख ९६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा उक्त संस्थाको यस्तो नाफा पाँच करोड ५२ लाख १६ हजार रुपैयाँ थियो । ग्लोबल आईएमई लघुवित्तले भने आव २०७८/०७९ मा २५ करोड पाँच लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा उक्त संस्थाको यस्तो नाफा २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ थियो । एनआईसी एसिया लघुवित्तले भने आव २०७८/०७९ मा ५८ करोड ५६ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ४७ करोड चार लाख नौ हजार रुपैयाँ रहेको थियो । सृजनशील लघुवित्तले पनि आर्थिक वर्ष २०७८/०७९ मा चार करोड २९ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाका यस्तो नाफा छ करोड ५७ लाख ३९ हजार रुपैयाँ थियो । मिर्मिरे लघुवित्तले पनि आव २०७८/०७९ मा २० करोड ८१ लाख ९० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा मिर्मिरेको यस्तो नाफा १९ करोड २७ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।
सीवाईसी नेपाल लघुवित्तले भने आव २०७८/०७९ मा आठ करोड तीन लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने उक्त संस्थाको यस्तो नाफा पाँच करोड १८ लाख रुपैयाँ थियो । आशा लघुवित्त पनि आव २०७८/०७९ मा १२ करोड ३५ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १२ करोड ३० लाख ३५ हजार रुपैयाँ थियो । साधना लघुवित्तले पनि आव २०७८/०७९ मा ११ करोड ६१ लाख २५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ११ करोड ७० लाख ९५ हजार रुपैयाँ थियो ।
सूर्योदय वोमी लघुवित्तले पनि आव २०७८/०७९ मा १३ करोड ९६ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १६ करोड पाँच लाख ३९ हजार रुपैयाँ थियो । नाडेप लघुवित्तले आव २०७८/०७९ मा ११ करोड ४० लाख ९६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा नाडेपको यस्तो नाफा १६ करोड छ लाख १८ हजार रुपैयाँ थियो । जाल्पा सामुदायिक लघुवित्तले भने आव २०७८/०७९ मा नौ करोड ८६ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो जाल्पाको यस्तो नाफा १० करोड ३४ लाख ८५ हजार रुपैयाँ थियो । छिमेक लघुवित्तले पनि आव २०७८/०७९ मा एक अर्ब तीन करोड २२ लाख ८३ हजार सात सय तीन रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवमा भने संस्थाको यस्तो नाफा एक अर्ब ३१ करोड ३८ लाख ५५ हजार रुपैयाँ थियो । समता घरेलु लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा सात करोड ९७ लाख २६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
अघिल्लो आवमा भने समताको यस्तो नाफा १० करोड ८३ लाख ६१ हजार रुपैयाँ थियो । महिला लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा १५ करोड ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा महिलाको यस्तो नाफा नौ करोड २९ लाख ८२ हजार रुपैयाँ रहेको थियो । गणपति लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा एक करोड ८६ लाख १६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड ११ लाख ३८ हजार रुपैयाँ रहेको थियो । सपोर्ट लघुवित्तले आव २०७८/०७९ मा दुई करोड १० लाख १३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा तीन करोड २३ लाख सात हजार रुपैयाँ थियो । नेरुडे लघुवित्तले भने आव २०७८/०७९ मा २३ करोड ३० लाख एक हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १८ करोड २३ लाख ४८ हजार रुपैयाँ रहेको थियो । आरम्भ चौतारी लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा सात करोड तीन लाख ४२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा नौ करोड ६५ लाख ५८ हजार रुपैयाँ थियो ।
स्वाभिमान लघुवित्तले पनि आव २०७८/०७९ मा पाँच करोड २७ लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा उक्त संस्थाको यस्तो नाफा पाँच करोड २३ लाख ५० हजार रुपैयाँ थियो । राष्ट्र उत्थान लघुवित्तले पछिल्लो आवमा छ करोड ४५ लाख दुई हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड ७१ लाख नौ हजार रुपैयाँ रहेको थियो । जीवन विकास लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा ७८ करोड १९ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा उक्त संस्थाको यस्तो नाफा ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ थियो ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा १५ करोड दुई लाख १३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १२ करोड ६० लाख ८६ हजार रुपैयाँ थियो । समिट लघुवित्तले आव २०७८/०७९ मा १४ करोड ५३ लाख १२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ११ करोड ९८ लाख तीन हजार रुपैयाँ थियो । गुराँस लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा एक करोड २७ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा दुई करोड २० लाख ६४ हजार रुपैयाँ थियो । नेष्डो समृद्ध लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड १९ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा नेष्डोको यस्तो नाफा १२ करोड ९७ लाख ५३ हजार रुपैयाँ थियो । आँधीखोला लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा चार करोड ५५ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड १० लाख ५७ हजार रुपैयाँ रहेको थियो । नयाँ सारथि लघुवित्तले पनि आव २०७८/०७९ मा सात करोड ९० लाख ८७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा सात करोड २० लाख ९६ हजार रुपैयाँ थियो । ग्रामीण विकास लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा १९ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा ३५ करोड ९५ लाख ९२ हजार रुपैयाँ थियो । स्वरोजगार लघुवित्तले पनि आव २०७८/०७९ मा २० करोड २६ लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १५ करोड ४३ लाख २१ हजार रुपैयाँ रहेको थियो ।
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लघुवित्तले पनि आव २०७८/०७९ मा ८४ करोड ५३ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने उक्त संस्थाको यस्तो नाफा ५१ करोड तीन लाख ३४ हजार रुपैयाँ थियो । आदर्श लघुवित्तले पनि आव २०७८/०७९ मा ६८ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा छ लाख ९९ हजार रुपैयाँ थियो । युनिट नेपाल लघुवित्तले भने आव २०७८/०७९ मा नौ करोड एक लाख सात हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
अघिल्लो आवमा भने युनिकको संस्थाको यस्तो नाफा सात करोड ६७ लाख १४ हजार रुपैयाँ थियो । निर्धन उत्थान लघुवित्तले पनि आव २०७८/०७९ मा एक अर्ब दुई करोड ८२ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा एक अर्ब १८ करोड ८८ लाख १७ हजार रुपैयाँ थियो । लक्ष्मी लघुवित्त र डिप्रोक्स लघुवित्तले भने पछिल्लो अवधिमा क्रमशः १६ करोड सात लाख २३ हजार र ५७ करोड ४० लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यी संस्थाहरुको यस्तो नाफा क्रमशः १९ करोड ७१ लाख ४९ हजार र ६५ करोड ३१ लाख ८७ हजार रुपैयाँ थियो । यीबाहेकका अन्य संस्थाहरुले भने अझैसम्म पनि अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया