Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गरिने

पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गरिने


पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गर्ने बताएका छन् । पोखरामा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा सञ्चालनका लागि ठाउँ खोज्दै विभिन्न स्थानको अवलोकन गर्न पुगेका उनले चालू आर्थिक वर्षभित्रै प्रतिष्ठानको शाखा विस्तार गरिने जानकारी दिए ।

पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्न मानव संसाधन विकासलाई आफूले प्राथमिकतामा राखेको श्रेष्ठले बताए । पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक दक्ष जनशक्ति उत्पादनका लागि काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच हालै भएको सम्झौताअनुरूप प्रदेशमा प्रतिष्ठान शाखा विस्तारको तयारी गरिएको हो । संघीयताको मर्मअनुसार प्रतिष्ठानको सेवा विस्तार गरी प्रदेशस्तरमा पर्यटन शिक्षाको पठनपाठन सुरु गर्नेगरी मन्त्रालयले योजना अगाडि बढाएको मन्त्री श्रेष्ठले बताए ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेल तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीसहितको टोलीले सम्भावित स्थानको अवलोकन गरेका हुन् । महानगर प्रमुख आचार्यले सम्भावित स्थानको बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा पढाइले पर्यटन उद्योगलाई चाहिने दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन हुने विश्वास गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x