वाणिज्य बैंकहरूमा दुई प्रतिशतसम्म कर्जा निष्क्रिय
राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा सबैभन्दा बढी, नेपाल एसबीआईको सबैभन्दा कम
काठमाडौं । वाणिज्य बैंकहरुमा शून्य दशमलव १५ देखि दुई प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक आर्थिक वर्ष २०७८/०७९ को अपरिष्कृत वित्तीय विवरणअनुसार २०७९ असार मसान्तसम्ममा बैंकहरुमा उक्त अनुपातमा कर्जा निष्क्रिय देखिएको हो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा बढी निष्क्रिय कर्जा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा देखिएको छ भने सबैभन्दा कम निष्क्रिय कर्जा नेपाल एसबीआई बैंकमा देखिएको छ । आव आव २०७८/०७९ राष्ट्रिय वाणिज्य बैंकमा दुई प्रतिशत कर्जा निष्क्रिय हुँदा नेपाल एसबीआईमा शून्य दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
अघिल्लो आवमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव शून्य सात र शून्य दशमलव २३ प्रतिशत रहेको थियो । आव २०७८/०७९ मा १५ वटा बैंकहरुमा निष्क्रिय कर्जाको अनुपात एक प्रतिशतभन्दा माथि छ भने १० वटामा एक प्रतिशतभन्दा कम छ । जसमध्ये एनसीसी, नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, कृषि विकास र सेञ्चुरीमा आव २०७८/०७९ मा क्रमशः एक दशमलव ९३, एक दशमलव ९०, एक दशमलव ८७, एक दशमलव ६८ र एक दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवमा भने यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ७६, दुई दशमलव पाँच, एक दशमलव ६४, एक दशमलव ८८ र एक दशमलव ९८ प्रतिशत रहेको थियो ।
नबिल, नेपाल इन्भेष्टमेन्ट बैंक, सनराइज र प्राइम कमर्सियल बैंकमा भने आव २०७८/०७९ मा क्रमशः एक दशमलव ५४, एक दशमलव ४७, एक दशमलव ४० र एक दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय छन् । अघिल्लो आवमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ८४, दुई दशमलव ४६, एक दशमलव ३९ र शून्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय थियो । आव २०७८/०७९ मा एनएमबी, ग्लोबल आईएमई, प्रभु, बैंक अफ काठमाण्डू, सिभिल र सिद्धार्थ बैंकमा भने निष्क्रिय कर्जाको अनुपात क्रमशः एक दशमलव ३३, एक दशमलव २२, एक दशमलव २०, एक दशमलव १८, एक दशमलव शून्य आठ र एक दशमलव शून्य तीन प्रतिशत रहेका छन् ।
अघिल्लो आवमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव ७७, एक दशमलव ४१, एक दशमलव २६, एक दशमलव शून्य चार, एक दशमलव शून्य पाँच र एक प्रतिशत रहेको थियो । कुमारी, लक्ष्मी, माछापुच्छ्रे, हिमालयन र मेगा बैंकमा भने आव २०७८/०७९ मा निष्क्रिय कर्जाको अनुपात क्रमशः शून्य दशमलव ९६, शून्य दशमलव ८९, शून्य दशमलव ८४, शून्य दशमलव ७७ र शून्य दशमलव ७४ प्रतिशत छन् । अघिल्लो आवमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ९६, शून्य दशमलव ७५, शून्य दशमलव ६५, शून्य दशमलव ४८ र एक दशमलव २३ प्रतिशत रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार आव २०७८/०७९ मा स्ट्यान्डर्ड चार्टर्ड, एनआईसी एसिया, सानिमा र एभरेष्ट बैंकमा भने क्रमश शून्य दशमलव ५९, शून्य दशमलव ४९, शून्य दशमलव ३५ र शून्य दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेका छन् । अघिल्लो आवमा भने यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमश शून्य दशमलव ९६, शून्य दशमलव ५०, शून्य दशमलव १२ र शून्य दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया