Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकारागारमा रहेका भारतीय र पाकिस्तानीविरुद्ध विदेशी मुद्रा अपचलनमा मुद्दा

कारागारमा रहेका भारतीय र पाकिस्तानीविरुद्ध विदेशी मुद्रा अपचलनमा मुद्दा


काठमाडौं । भारतीय र पाकिस्तानी नागरिकहरुविरुद्ध छुट्टाछुट्टै रुपमा मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलनमा संलग्न रहेको भन्दै भारत वाराणसीका चाँदबाबु मोहम्मद शरिफ, पाकिस्तान कराचीका जाबेद अस्लाम खानविरुद्ध मुद्दा दायर गरेको हो ।

चाँदबाबु अहिले कारागार कार्यालय भीमफेदीमा संगठित अपराध मुद्दामा थुनामा रहेका छन् भने जाबेद सशस्त्र प्रहरी गुल्म जगन्नाथ देवलमा सोही अपराधमा थुनामा छन् । चाँदबाबुको साथबाट भारतीय दुई हजार दरको ३५ वटा नोट बराबर हुन आउने भारु र जावेदबाट अमेरिकी डलरसहितका विदेशी मुद्रा बरामद भएको थियो। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो तथा कारबाही शाखाको ०७४ पुस ४ को पत्रबाट बरामद रकमसहित दुवैविरुद्ध विदेशी विनिमयतर्फ अनुसन्धान भएको र त्यसपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । विभागका अनुसार सोही कारण उनीहरु हाल कारागारमा रहेका छन् ।

अनुमतिविना विदेशी मुद्राको कारोबार गरेको ठहर भएको विभागले जनाएको छ । सोही कारण वारदात मितिको सटही दरअनुसार कायम हुन आएको जावेदको हकमा ५० लाख १६ हजार ६ सय ८७ र चाँदबाबुको हकमा १ लाख १२ हजार १०५ रुपैयाँ बिगो कायम गरी जफत गर्न मागदाबी गरिएको छ ।

यसैबीच, अर्का पाकिस्तानी नागरिक हाफिज एटिक उर रहमानविरुद्ध पनि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । उनको साथबाट गत माघ १४ मा विमानस्थलमा साउदी रियाल ५ सय दरको ९४ थान, सय दरको १, ५० दरको १ गरी जम्मा ४७ हजार १५० रियाल तथा यूएईको दिराम २ सय दरको १, सय बैसा दरको ३ गरी जम्मा ओमानी रियाल ५.५ र ३०० बैसा र भारु सय दरको १ थान लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएकोमा मुद्दा दायर गरिएको हो । हाफिजविरुद्ध नौ लाख २६ हजार चार सय ९१ रुपैयाँ जफत गर्न विभागले मागदाबी गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x