राष्ट्रपति भण्डारीद्वारा अन्नपूर्ण केबलकार भ्रमण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदीमा रहेको अन्नपूण केबलकार चढी सोमबार साँझ सराङकोटसम्मको यात्रा गरेकी छिन् । सोमबार साँझ केबलकारबाट सराङकोट पुगेकी राष्ट्रपति भण्डारी केबलकारबाटै सेदी फर्किएकी हुन् ।
पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केबलकार गतवर्ष चैत्र १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । साहसिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृंखला र पोखराका मनोरम दृश्य नियाल्न प्रख्यात सराङकोटलाई फेवाताल किनारबाट जोड्ने गरी केवलकार सञ्चालन भएको हो । केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्विङ सञ्चालनमा छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया