Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमै निर्माण भएको अत्याधुनिक विद्युतीय मतदान यन्त्र सार्वजनिक

नेपालमै निर्माण भएको अत्याधुनिक विद्युतीय मतदान यन्त्र सार्वजनिक


काठमाडौं । राम–लक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय मतदान यन्त्र (इ–भोटिङ मेसिन) सार्वजनिक गरिएको छ । रिपोर्टस क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गरेर इ–भोटिङ मेसिन सार्वजनिक तथा नमूना मतदान कार्यक्रम गरिएको हो । सार्वजनिक गरिएको यन्त्र रामलक्ष्मण दाजुभाइको पाँचौँ संस्करण हो ।

मेसिनको उद्घाटन उनीहरूका बुबाआमा इश्वरीप्रसाद र गंगा रिमालले संयुक्तरूपमा गरेका थिए । एक दशकअघि नेपालमै उत्पादन भएको इ–भोटिङ मेसिनले हालसम्म एक सय पटकभन्दा बढी राजनीतिक दल, विभिन्न संघ÷संस्थालगायतका निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको रामप्रसाद रिमालले बताए । यद्यपि, निर्वाचन आयोगले भने मेसिनबारे पटक–पटक कुरा राख्दा पनि चासो नदिएको बताए । उनले भने, ‘मेसिन बनाएको १० वर्षसम्म पनि निर्वाचन आयोगले कुनै पनि इनपुटहरू दिएको छैन । आयोगले हामीलाई वास्ता नगरेको हो झैँ लागिरहेको छ ।’

आयोगले आफूहरूको मेसिनबारे केही अपुग भएको वा मिलाउनुपर्ने केही भए आफूहरू मिलाउन तयार रहेको उनको भनाइ छ । उनले आयोगले सहरी एरिया वा दुर्गम स्थानका २÷४ एरिया तोकेर जिम्मेवारी दिए पनि त्यसको लागि डेमो गर्न आफूहरू तयार रहेको बताए । उनले भने, ‘हाम्रो मेसिन प्रयोग गरेर नेपालमा केही निर्वाचन गरेमा केही न केही नजिर त बस्दथ्यो । नेपाली उत्पादनले पनि काम गर्छ है भन्ने प्रमाणित पनि हुने थियो र हामीहरूजस्तै प्रविधिमा लागेका पछिल्ला पुस्तालाई पनि हौसला मिल्ने थियो ।’ नेपालको अवस्था हेरेर मेसिनको निर्माण गरेको उनको भनाइ थियो । उनले मतपत्रमा देखिने सबै कुरा डिजिटल डिस्प्लेमा देखिने पनि सुनाए । उनले नेपाली भाषामा बोल्ने, दृष्टिविहीीन अपाङ्गता भएकाहरूले पनि सुनेर मतदान गर्न सकिने मेसिनमा प्रविधि जडान गरिएको जानकारी दिए । मेसिनबाट भोटिङ गर्दा कुनै पनि मत बदर हुन नसक्ने समेत उनको दाबी छ ।

२०औँ वर्ष प्रयोग गर्न सकिने, भोटिङ गर्दा मतदाताले भेरिफाइ गरेको प्रिन्ट पेपर समेत रहने हुँदा मुद्दा परेमा त्यसबारे पनि आवश्यक प्रमाण समेत दिन सकिने उनको भनाइ थियो । उनले उक्त मेसिनले पावर कम खपत गर्ने र मेसिनले २० घन्टासम्म अनवरत ब्याट्रीबाट नै काम गर्ने बताए । त्यस्तै, लक्ष्मण प्रसाद रिमालले आगामी चुनावमा एक व्यक्तिले चारवटा मतपत्रमा चिह्न लगाउनुपर्ने हुँदा समय बढी लाग्ने तर ई–भोटिङ मेसिनमा औँलाले दबाउने भएकोले छिटो हुने दाबी गरे । उनले अहिलेसम्म अपाङ्गता भएका व्यक्तिहरूले कसैको सहयोगविना मेसिनबाट मतदान गरेको सुनाए । मेसिनले सिधै रिजल्ट देखाउने हुँदा नतिजाको लागि घण्टौँसम्म कुर्न नपर्ने उनले स्पष्ट पारे । ह्याकरले ह्याक गर्न नसक्ने प्रविधि जडान गरिएको दाबी गर्दैै उनले भने, ‘प्रत्येक व्यक्तिले मत दिएपछि ब्लक चेनजस्तै चेन इफेक्टमा डाटा रेकर्ड हुने हुँदा विकासकर्ताले समेत डाटा अल्टर गर्न सक्दैन । यो सिस्टममा डिजिटल सिग्नेचरको युज गरिएकोले डाटा सेक्युरिटी स्ट्रोङ छ ।’

उनका अनुसार अहिले यो यन्त्रको हार्डवेयर युरोपियन स्यान्डर्डमा ईयूटी कम्प्लेन्स टेस्ट पास भएको छ भने सफ्टवेयरको सोर्स कोड रिभ्युसहित विभिन्न सेक्युरिटी अडिट गरिएको छ । उनले १२ वर्ष मिहिनेत गरेर निर्माण गरेको मेसिनको प्रयोग गर्न सरकारसँग माग गरे । उनले भने, ‘सरकारले कि त हाम्रो मेसिनमा खोट देखाइदिनुप-यो कि त नमूना प्रयोगसम्म गरिदिनुप-यो । यो काम देशको लागि गर्ने हो भने हामी पनि व्यवसाय हेर्दैनौँ, देशको लागि हाम्रो १२ वर्षे मिहिनेत कुनै रोयल्टीविना निःशुल्क सरकारलाई दिन हामी तयार छौँ ।’ 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x