जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि आइतबारदेखि सुरु भएको मधेश प्रदेश सरकारको धर्ना स्थगित भएको छ ।
प्रहरी समायोजनको माग राख्दै मदेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना कार्यक्र सुरु गरेको थियो । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मंगलबार धर्ना कार्यक्रम स्थगित भएको हो । प्रदेश प्रमुख मिश्रले मुलुक चुनावमा होमिएकाले चुनावपछि प्रहरी समायोजन हुने प्रधानमन्त्री शेरबहादुर देउवाले जानकारी दिएकाले धर्ना कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री शेरबहादुर देउवा तथा गृहमन्त्री वालकृष्ण खाणसहित सरकारमा रहेका दलका शीर्ष नेताहरूले प्रहरी समायोजनको काम मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनावपछि गर्ने आश्वासन दिएकाले धर्ना स्थगित गरेको बताए । प्रधानमन्त्री आफैँले फोन गरेर समायोजनको तयारी आफूहरूले पनि गरेको बताउँदै अरू केही विषयहरू मिलाउनुपर्ने भएकाले चुनावपछि समायोजन गर्ने विश्वास दिलाएपछि हालका लागि धर्नासहितको आन्दोलनको कार्यक्रम स्थगित भएको मुख्यमन्त्री राउतले जानकारी दिए ।
मुख्यमन्त्री राउतले मधेश प्रदेश सरकारले पहिलो पटक प्रदेश प्रहरी ऐन बनाएका कारणले संघीय सरकारलाई प्रहरी समायोजनसम्बन्धी ऐन बनाउनका लागि बाध्य बनाएको बताउँदै नेपाल सरकारले प्रहरी समायोजनको सबै प्रक्रिया पूरा गरेकाले समायोजनमा चुनावपछि ढिलाइ हुने कुनै कारण नै नभएको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया