Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटानको अध्यक्षमा निलहरि बास्तोला

टानको अध्यक्षमा निलहरि बास्तोला


काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन् । सोमबार सम्पन्न टानको ४४औँ वार्षिक साधारणसभा एवम् निर्वाचनबाट टानको अध्यक्षमा बास्तोला निर्वाचित भएका हुन् ।

बास्तोला छ सय १६ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी रामप्रसाद सापकोटाले भने दुई सय ६४ मत प्राप्त गरेका थिए । निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी निलहरी बास्तोला प्यानल नै विजयी भएको छ । अध्यक्षका प्रत्याशीद्वय सापकोटा र बोधराज भण्डारीलाई पराजित गर्दै बास्तोला विजयी भएका हुन् ।

टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिवमा होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना र सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा विजयी भएका छन् । यस्तै महिला सदस्यमा सजना त्रिपाठी विजयी भइन् भने खुल्ला सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविननाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित भएको टान निर्वाचन समितिले जनाएको छ ।

टानका नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले निर्वाचनका दौरानमा प्रस्तुत गरिएको २० बुँदे घोषणापत्र कार्यान्वयनका लागि प्राथमिकताका साथ लाग्ने बताए । टानलाई समयसापेक्ष बनाउँदै सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाएर व्यवसायीको समस्यालाई सम्बोधन गरिने उनको भनाइ छ । कोभिडबाट शिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थानका लागि सरकार तथा निजी क्षेत्रले सहकार्य गरेर पर्यटन क्षेत्रमा सकारात्मक उत्साह जगाउने कार्यमा लाग्ने अध्यक्ष बास्तोलाले बताए । उनले व्यवसायीले खोजेजस्तो टान बनाउने बताउदै पर्वतीय पर्यटनमा २८ वर्ष काम गरेको अनुभवलाई टे«किङ व्यवसायीहरुको हितमा लगाउने उल्लेख गरे ।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । एक हजार आठ सय ५० व्यवसायी आबद्ध टानमा एक हजार दुई सय ५० मतदाता छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x