पौने दुई अर्बको सेटिङमा लघुबीमाको लाइसेन्स वितरण गरिँदै
काठमाडौं । बीमा समितिले नयाँ लघुबीमाको लाइसेन्स वितरण प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । गत साता बीमा समितिको सञ्चालक समितिको बैठकमा सञ्चालकहरुकै असहमतिका बीचमा अध्यक्ष सूर्य प्रसाद सिलवालले सात वटा नयाँ लघुबीमाको लाइसेन्स खुल्ला गर्ने निर्णय गराएका छन् ।
बीमा समितिका अध्यक्ष सिलवालले यसअघि हिमालयन रिलाई लाइसेन्स दिएकै शैलीमा सेटिङमा लाइसेन्स दिनलागेका हुन् । सञ्चालक समितिबाट निर्णय गराइसकेकोले सार्वजनिक सूचनामार्फत नयाँ सातवटा लघुबीमाको लाइसेन्सको लागि प्रस्ताव आह्वान हुनेछ । सोही प्रस्तावको कर्मकाण्ड पूरा गरेर सेटिङमा नयाँ कम्पनीहरुलाई लाइसेन्स दिने अन्तिम तयारी भइसकेको छ ।
लघुबीमाको लाइसेन्स खुल्ला गर्नुअघि बुधबार र बिहीबार अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सिलवाल र समितिका उच्च पदाधिकारीलाई अर्थ मन्त्रालयमा बसेर घुस रकम लेनदेन गर्ने सम्बन्धमा सेटिङ गरेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ । दुई दिनसम्म लगातार भएको छलफलपछि नयाँ दर्ता हुन आउने सातवटा कम्पनीको चुक्ता पुँजी ७५ करोड बनाउने र २५ करोड रुपैयाँ घुस रकम माग गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
नयाँ लाइसेन्स वितरणबापत एक अर्ब ७५ करोड रुपैयाँ चुनाव खर्च जुटाउने भन्दै जनार्दनले बीमा समितिलाई तत्काल यससम्बन्धी सबै निर्णयहरु पूरा गर्न निर्देशन दिएको बताइएको छ । बीमा समितिमा एक उच्च अधिकारीले लघुबीमाको नयाँ लाइसेन्स वितरण गर्न अर्थमन्त्री शर्माले दबाब दिएको पुष्टि गरेका छन् ।
शनिबार साँझ बीमा समिति सम्बद्ध उच्च स्रोतले भन्यो, ‘माथिको आदेश आएपछि हाम्रो केही जोर चलेन गोरखापत्रमा सूचना प्रकाशन गर्न तयारी अवस्थामा छ ।’बीमा समितिका कर्मचारीहरुले नयाँ बीमा ऐन अन्तिम चरणमा पुगेको र नयाँ बीमा ऐनअनुसार लाइसेन्स दिँदा उत्तम हुनेमा अहिले लाइसेन्सको हतारो किन परेको भन्दै मन्त्री शर्मामाथि प्रश्न गरेका छन् ।
नयाँ लघुबीमाको लाइसेन्सबापत उठ्ने रकम मन्त्री शर्माले आफ्ना नातेदारलाई व्यवस्थापन गर्न बीमा समितिका अध्यक्ष सिलवाललाई निर्देशन दिएको जनाइए पनि स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया