Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनागरिक लगानी कोषले उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गर्ने

नागरिक लगानी कोषले उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गर्ने


काठमाडौं । नागरिक लगानी कोषले उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गर्ने भएको छ । कोषको २७औँ वार्षिक साधारणभामा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्य बहादुर थापाले कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरू, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्रहरू, सहभागीहलाई सहयोग पुग्नेगरी विभिन्न ऋण सापटीहरू एवं पुँजीबजारका विकास गरी लगानी विविधीकरण गर्ने बताए ।

साथै उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरूलाई समाधान गरी लगानीको विविधीकरण गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरी कोषलाई नाफामूलक बनाउने प्रतिबद्धता समेत जनाए । यस्तै उनले कोषले सञ्चालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठामा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरूलाई सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेटने बताए । सोमबार सम्पन्न सभाले आर्थिक वर्ष २०७७/७८ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।

त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ । कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी दिएका थिए । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम दुई खर्ब १७ अर्ब ३२ करोड २२ लाख रूपैँया पुगेको छ । उक्त अवधिमा कोषले एक खर्ब ९४ अर्ब ९२ करोड लगानी गरेको छ । कोषले कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउनेतर्फ काम गरिरहेको छ । कोषद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रममा एनएलके वेबबेस्ड सफ्टवेयर पूर्णरूपमा लागू गरिएको छ ।

साथै सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा लिने कार्य सम्पन्न भएको छ । नयाँ सफ्टवेयर प्रयोगको लागि आवश्यक उपकरणहरू कोषको प्रणालीमा जडान गरी सकिएको छ । योसँगै कोषमा आबद्ध भएका विभिन्न प्रतिष्ठान, संघ, संगठनहरूबाट रकम संकलन गर्ने कार्य अनलाइन प्रणालीबाट गर्ने व्यवस्था भइसकेको छ । सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा अशोक बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x