Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक दशमलव ८५ अंकले उक्लियो सेयर बजार

एक दशमलव ८५ अंकले उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन सात दशमलव ४१ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन मंगलबार भने एक दशमलव ८५ अंकले उकालो लागेर दुई हजार ५४ दशमलव ९८ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५८ अंकले ओरालो लागेर तीन सय ९७ दशमलव ६९ बिन्दुमा चढेको छ । यस दिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २२ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट २७ हजार दुई सय दुई पटकको कारोबारमा ४० लाख ३१ हजार २५ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा यसदिन दिन कुल सेयर कारोबार रकम एक अर्ब ३३ करोड ३५ लाख ६० हजार आठ सय ५७ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसमुहहरु मध्ये सात वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने छ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x