काठमाण्डौं,फागुन १४
दोलखामा निःशुल्क एसईई तयारी कक्षा सञ्चालन गरिएको छ । नेपाल विद्यार्थी संघको आयोजनामा १५औँ तरुण सहिद हेमन्त निःशुल्क एसईई तयारी कक्षा संचालन गरिएको हो । एक हप्ता अगाडिदेखि नै सञ्चालन भएको निःशुल्क कोचिङ कक्षाको मंगलबार औपचारिक रूपमा एक कार्यक्रमका बीच नेपाली कांग्रेस दोलखाका महासमिति सदस्य बर्मा लामाले उद्घाटन गरेका छन् ।
नेविसंघ दोलखाले विगत १५ वर्षदेखि आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार र जिल्लाका दुर्गम भेगका विद्यार्थीलाई एकैठाउँ समेटेर निःशुल्क कोचिङ सञ्चालन गर्दै आएको कोचिङ कक्षा संयोजक राजन बस्नेतले बताए । निःशुल्क कोचिङ कक्षाका संस्थापक तथा नेविसंघ दोलखाका पुर्वअध्यक्ष राकेश श्रेष्ठले २०६३ सालदेखी निःशुल्क कोचिङ सुरु गरेको बताए । निःशुल्क कोचिङ कार्यक्रमले जिल्लाका सयौं विद्यार्थीलाई राहत मिलेको उनको भनाइ छ । कोचिङमा जिल्लाभरिका करिब एक सय १० जना विद्याथी सहभागी रहेको नेविसंघ अध्ध्यक्ष भीम खड्काले जानकारी दिए । कोचिङमा अंग्रेजी, गणित र विज्ञान विषयको पढाइ हुँदै आएको छ ।(आर्थिक दैनिक बाट)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मालढुङ्गा–बेनी सडक दैनिक छ घण्टा बन्द
- आइएफआरसी महासचिव चापागाईँद्वारा ‘सिड्नी शान्ति पुरस्कार’ ग्रहण
- भक्तपुरबाट दुर्गा प्रसाईँ पक्राउ
- चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक
- गृहमन्त्रीद्वारा नवीन सोचका साथ काम गर्न निर्देशन
- सत्र क्विन्टल गाँजासहित टिपर चालक पक्राउ
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया