Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई हजार २२ अंकमा खुम्चियो सेयर बजार

दुई हजार २२ अंकमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १८ अंकले घटेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज शुक्रबार भने १६ दशमलव ९३ अंकले घटेर दुई हजार २२ दशमलव ६२ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज दुई दशमलव ७७ अंकले घटेर तीन सय ९१ दशमलव ७४ अंकमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १३ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट २७ हजार एक सय २० पटकको कारोबारमा ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

सोही खरिद बिक्रीका आधारमा यसदिन कुल सेयर कारोबार रकम एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० रुपैंयाँ पुगेको छ । आज कारोबार भएका कुल उपसमुहहरु मध्ये जीवन बीमा समुहको सुचक बढेर बाँकी उपसमुहहरुको सुचक घटेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x