बैंकिङ कसुरमा फरार प्रतिवादी सुुनुवार पक्राउ
काठमाडौं । बैंकिङ कसुरअन्तर्गतको चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल ललितपुर बस्दै आएका ५६ वर्षीय राजेश सुनुवारलाई चेक बाउन्स मुद्दामा पक्राउ गरिएको हो ।
सुनुवारले आफ्नो खातामा पर्याप्त रकम नभएको जानी जानी जाहेरवाला दिपक थापालाई पाँच लाख रुपैयाँको चेक दिएको अनुसन्धानबाट खुलेको छ । पछि उक्त चेक नसाटिएको र बाउन्स भएपछि थापाले सुनुवारविरुद्ध जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा सुनुवारलाई सोमबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘नेपालमा सहरीकरणको समस्या समाधानमा विश्व समुदायको ध्यानाकर्षण’
- एमाले नेता पोखरेल जोडिएको उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी
- कोशीका निवर्तमान मन्त्री अधिकारी मानव तस्करीमा संलग्न !
- हवाई भाडा पुरानो दरमा कायम नगरे उडान बन्द गर्ने चेतावनी
- वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा झण्डै चार प्रतिशत
- चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्यमा पुग्ने सरकारको तयारी
- राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन
- आज देशभरको मौसम सफा रहने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया