Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारश्री लालीगुराँस सहकारीका सीईओ सुरेन्द्र भण्डारीको पद नै अवैध !

श्री लालीगुराँस सहकारीका सीईओ सुरेन्द्र भण्डारीको पद नै अवैध !


काठमाडौं । आफूलाई सीईओ र निर्देशक दुवै पदमा आसीन श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सुरेन्द्र भण्डारी गैरकानुनी रुपमा पदमा रहेको पाइएको छ ।

सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा ४ विपरीत भण्डारी अवैध रुपमा पदमा रहेका छन् । स्थापनाकालदेखि नै सहकारीको प्रमुख कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत रहँदै आएका भण्डारी सहकारी ऐन जारी भएको चार वर्षमा स्वतः पदबाट हट्नुपर्ने हो ।

उक्त ऐनअनुसार वार्षिक दुई करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सहकारी संस्थामा कुनै पनि सञ्चालक कर्मचारी रहन पाउँदैनन् । २०७४ मा ऐन जारी भएको चार वर्षभित्र पदबाट हट्नुपर्ने उल्लेख छ । तर, ऐन जारी भएको पाँचौँ वर्षमा पनि भण्डारी पदबाट हटेका छैनन् । उनी सहकारीका सञ्चालक तथा सचिव हुन् । उनी सीईओ र निर्देशकको रुपमा रहेका छन् ।

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको वेबसाइटमा जनाइएअनुसार अध्यक्ष अमरदास श्रेष्ठ छन् । उपाध्यक्षमा हजुरी विष्ट छिन् । सुरेन्द्र भण्डारी सञ्चालक समितिको सचिव तथा सीईओ छन् । यसरी दुवै पदमा एकै व्यक्ति रहनु ऐनको बर्खिलाप हुन जान्छ । उनले सीईओको हैसियतमा पत्र काट्ने र सूचना जारी गर्ने गरेका छन् । यता कम्पनी सचिव र सञ्चालक समितिको हैसियतमा वार्षिक साधारणसभाको आह्वान गर्ने काम समेत गरेका छन् ।

सहकारी विभागका प्रवक्ता टोलराज उपाध्यायले यस विषयमा आफूहरुले सहकारीका सम्बन्धित व्यक्तिलाई बोलाएर बुझ्ने बताए । ‘पहिले हामीले सहकारीका सम्बन्धित व्यक्तिलाई बोलाएर बुझ्छौँ । एउटा पद छोड भनेर सुझाव दिन्छौँ । यदि दुवै पदमा बस्छु भन्यो भने मौजुदा कानुनअनुसार कारबाही गर्ने विभागले हो’, उनले भने ।

यस विषयमा जानकारी लिन बुधबार आर्थिक दैनिकले सम्पर्कमा आउन भन्दै गरेको म्यासेज र फोनको भण्डारीले जवाफ नदिई बसेका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x