Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘बीपी साहित्य सम्मान’ गौतम र ‘बीपी सेनानी सम्मान’ कार्कीलाई

‘बीपी साहित्य सम्मान’ गौतम र ‘बीपी सेनानी सम्मान’ कार्कीलाई


काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रस्टले यसवर्षको ‘बीपी साहित्य सम्मान पुरस्कार’ वरिष्ठ साहित्यकार कृष्ण प्रसाद गौतमलाई र ‘बीपी सेनानी सम्मान पुरस्कार’ शान्ति कार्कीलाई प्रदान गर्ने भएको छ ।

ट्रस्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र बीपी सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ । यसवर्ष १०९औँ बीपी जन्मजयन्ती मनाइँदै छ । एक लाख एक हजार रूपैयाँको यस वर्षको साहित्य सम्मान पुुरस्कार २०७९ वरिष्ठ साहित्यकार कृष्ण प्रसाद गौतमलाई प्रदान गर्ने निर्णय गरेको ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको सयोजंकत्वमा ट्रस्टका सदस्यहरू डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको हो ।

यस्तै ट्रस्टले प्रत्येक वर्ष प्रदान गर्नेे बीपी सेनानी सम्मान पुरस्कार–२०७९ यसवर्ष प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पु-याउने ९१ वर्षीया शान्ति कार्की (वीरगज) लाई दिने निर्णय गरेको छ । यो पुरस्कारको राशि ५१ हजार रूपैयाँ रहेको छ । यी पुरस्कारहरू आगामी भदौ २४, गते बीपी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने ट्रस्टका महासचिव पोखरेलले जानकारी दिए ।

यसअघि—२०७१ मा बीपी साहित्य सम्मान वरिष्ठ साहित्यकार स्व. रत्नशम्शेर थापा र बीपी सेनानी सम्मान पुरस्कार नृतन थपलिया, २०७२ मा साहित्यकार गोपाल पराजुली र सेनानी सम्मान स्व. तारानाथ कोइराला, २०७३ साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठ, २०७४ मा साहित्यतर्फ प्राडा अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतु, २०७५ मा साहित्यतर्फ रोचक घिमिरे र प्रजातन्त्र सेनानी सम्मान स्व. चक्र प्रसाद बास्तोला, २०७६ मा बीपी साहित्य सम्मान तिल विक्रम नेवाङलाई (बैरागी काहिँला) र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरिएको थियो ।

यसैगरी २०७७ सालको साहित्य पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाल र सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पु-याउने होमनाथ दाहाललाई प्रदान गरिएको थियो । २०७८ को साहित्य सम्मान कवि मदन रेग्मी र सेनानी सम्मान भक्तपुर जिल्लाका प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थलाई प्रदान गरिएको पोखरेलले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x