Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयरबजारमा लगानी गर्नेहरू हराए ९१ करोडको मात्र कारोबार

सेयरबजारमा लगानी गर्नेहरू हराए ९१ करोडको मात्र कारोबार


काठमाडौं । १३ महिनाअगाडि दैनिक करिब २२ अर्ब हाराहारीमा हुने सेयर कारोबार अहिले ९१ करोड रुपैयाँमा झरेको छ । २०७८ साउनमा अन्तिम साता २१ अर्ब ६४ करोडभन्दा बढीका सेयर कारोबार भएकामा त्यसको १३ महिनापछि २०७९ भदौ २० गते सोमबार ९० करोड ९९ लाख रुपैयाँमा खुम्चिएको छ । यसले नेपालमा सेयरबजारमा लगानी गर्ने व्यक्तिहरुको चरम अभाव देखाएको छ ।

कारोबार मात्र होइन बजार पनि ओराले लागेर तल आएको छ । सोमबार सेयरबजार परिसूचक चार दशमलव २९ अंकले ओरालो लागेर १९ सय ७३ दशमलव एक विन्दुमा झरेको छ । आइतबार भने छ दशमलव ६८ अंकले उकालो लागेको थियो ।

सोमबार क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८२ अंकले घटेर तीन सय ८२ दशमलव ९५ विन्दुमा झरेको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २१ हजार चार सय ७१ पटकको कारोबारमा २४ लाख ४४ हजार तीन सय ४४ कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही खरिदबिक्रीका आधारमा यस दिन कुल सेयर कारोबार रकम ९० करोड ९९ लाख चार हजार सात सय ५१ रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये दुईवटा समूहहरुको सूचक उकालो लागेर बाँकी रहेका ११ वटा उपसमूहहरुको सूचक ओरालो लागेका छन् । जसमध्ये लघुवित्त उपसमूहको सूचक दुई दशमलव पाँच अंकले उकालो लागेर ४४ सय ७२ दशमलव ५१ विन्दुमा चढेकोमा उत्पादनमूलक उपसमूहको सूचक पनि एक दशमलव ८७ अंंकले उकालो लागेको छ । वाणिज्य बैंक उपसमूहको सूचक भने एक दशमलव ३९ अंकले ओरालो लागेर १३ सय २७ दशमलव १९ विन्दुमा झरेकोमा विकास बैंक उपसमूहको सूचक पनि १० दशमलव ८३ अंकले ओरालो लागेर तीन हजार पाँच सय ५४ दशमलव आठ विन्दुमा झरेको छ ।

जलविद्युत् उपसमूहको सूचक छ दशमलव एक अंकले ओरालो लागेर २२ सय ६९ दशमलव ९६ विन्दुमा झरेकोमा फाइनान्स उपसमूहको सूचक पनि नौ दशमलव ८८ अंकले ओरालो लागेर १६ सय ६८ दशमलव ३५ विन्दुमा झरेको छ । यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि चार दशमलव ३७ अंकले ओरालो लागेर आठ हजार ८१ दशमलव १३ विन्दुमा झरेकोमा जीवन बीमा उपसमूहको सूचक पनि पाँच दशमलव छ अंकले ओरालो लागेर नौ हजार तीन सय १७ दशमलव दुई विन्दुमा झरेको छ । यीबाहेक टे«डिङ, होटल तथा पर्यटन, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि क्रमशः आठ, आठ दशमलव पाँच, १५ दशमलव २१, शून्य दशमलव १३ र शून्य दशमलव ३२ अंकले ओरालो लागेका छन् ।

यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य सात दशमलव ४३ प्रतिशतले बढेर चार सय ९३ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि तीन दशमलव ९३ प्रतिशतले बढेर चार सय ५० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक रिडी हाइड्रो पावर कम्पनी, साहस ऊर्जा लिमिटेड आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य छ दशमलव ५५ प्रतिशतले घटेर नौ सय २० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि तीन दशमलव ६६ प्रतिशतले घटेर ११ सय ३२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर, जोशी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यस दिन रिडी हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता छ सय सात रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ९६ लाख ९४ हजार सात सय २१ रुपैयाँ ६० पैसाको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता चार सय ५० रुपैयाँ अन्तिम मूल्यमा चार करोड ५९ लाख ७८ हजार छ सय ६४ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नबिल बैंक, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x