Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न मानवअधिकार आयोगको आग्रह

डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न मानवअधिकार आयोगको आग्रह


काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले दिनप्रतिदिन डेंगुको संक्रमण बढ्दै गएकाले डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गरी डेंगुको संक्रमण नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न संघ, प्रदेश र स्थानीय तहलाई आग्रह गरेका हुन् ।

कोरोना महामारी कायमै रहेको अवस्थामा हाल फैलिँदै गइरहेको डेंगु रोगका कारण नागरिकको स्वास्थ्यमा पर्न गएको जोखिमको अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको विज्ञिप्तिमा उल्लेख छ । ‘बिरामीको संख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा यसको नियन्त्रण तथा रोकथामका लागि सम्बन्धित निकायको यथेष्ट ध्यान पुग्न नसक्दा नागरिकको जीवन नै जोखिममा पर्न गएको र तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको जस्ता विषय विभिन्न सञ्चारमाध्यमका साथै अन्य विभिन्न माध्यमबाट आयोगलाई जानकारी प्राप्त भएका छन्’, आयोगले भनेको छ । डेंगु संक्रमणबाट नेपालमा यही भदौ महिनामा एक जनाको ज्यान जानुका साथै पछिल्लो समय पाँच हजारभन्दा बढी व्यक्ति बिरामी परेको पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्दै जीवनको अधिकार सुनिश्चित गर्न, डेंगु संक्रमण गराउने जातका लामखुट्टे उत्पादन हुने तथा फैलिन सक्ने ठाउँहरू पहिचान गरी नष्ट गर्ने कार्यमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य गर्नसमेत आग्रह गरेको छ । डेंगु नियन्त्रण तथा रोकथामका लागि सरसफाइ, जनचेतनालगायत कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन आयोगले तीनै तहका सरकारलाई आग्रह गरेको हो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x