काठमाडौँ, फागुन १६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका कञ्चनपुरको विष्णु धाम मन्दिरमा खड्कलिला निर्माणका लागि प्राप्त भएको सरकारी रकम दुरुपयोग गरेको अभियोगमा उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर विष्टविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आर्थिक वर्ष २०६५÷६६ मा प्राप्त चार लाख ५० हजार दुरुपयोग गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । सरकारी स्रोतबाट प्राप्त भएको रकम गैरकानुनी रुपमा दुरुपयोग गरेको अभियोगमा अध्यक्ष विष्टविरुद्ध मुद्दा दायर गरिएको छ ।यस्तै सरस्वती माध्यमिक विद्यालय छोटी पर्सिया कञ्चनपुरका शिक्षक इन्द्रसिंह थापाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ । यस्तै सांस्कृतिक संस्थान जमलमा कार्यारत नृत्य कलाकार नरेन्द्रकुमार आलेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा बिहीबार नै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपाल प्रहरीमा कार्यरत प्रहरी नायब निरीक्षक विष्णुप्रसाद दलालीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । दैलेख नौमुले गाँउपालिका १ मा रहेको भैरव माविका प्रधानाध्याक नगेन्द्रबहादुर सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर बस्नेतलाई घुस लिएको अभियोगमा आयोगले पक्राउ गरेको छ ।विद्यालयका शिक्षकको चौमासिक तलब र दशैँ खर्चबापतको रकम उपलब्ध गराइदिने प्रयोजनका लागि शिक्षकसँग ३० हजार घुस मागेको अभियोगमा बिहीबार पक्राउ गरिएको हो । नौमुले गाउँपालिका–१ मा रहेको एक बैंकको शाखा प्रबन्धकको कार्यकक्षबाट उनीहरुलाई पक्राउ गरिएको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया