काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको बीचमा एक आपसमा अल्पकालीन अवधिको लागि हुने कारोबार अर्थात् अन्तर बैंक कारोबार रकम बढेको छ । राष्ट्र बैंकका अनुसार विगतका वर्षहरुको तुलनामा पछिल्लो आवमा वित्तीय प्रणालीमा तरलता अभावको समस्या बढेकाले पनि अन्तर बैंक कारोबार रकम बढेको हो । सोही आधारमा आर्थिक वर्ष २०७८/०७९ मात्र सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६० वटा संस्थाहरुले ३१ खर्ब ३५ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् । बैंक तथा फाइनान्स कम्पनीहरुले गरेको यो अन्तर बैंक कारोबार रकम अघिल्लो आवको तुलनामा झण्डै १० खर्ब रुपैयाँले बढी हो ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा वाणिज्य बैंकहरुको २७ खर्ब ८४ अर्ब १० करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् । यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरुले भने तीन खर्ब १६ अर्ब २५ करोड रुपैयाँबराबरको अन्तर बैैंक कारोबार गरेका छन् । अघिल्लो आर्थिक वर्षमा भने बैंक तथा फाइनान्स कम्पनीहरुको कुल अन्तर बैंक कारोबार रकम १९ खर्ब ९६ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो । जसमध्ये वाणिज्य बैंकहरुले १७ खर्ब ८२ अर्ब ९६ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका थिए भने विकास बैंक तथा फाइनान्स कम्पनीहरुले दुई खर्ब १३ अर्ब ६२ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका थिए ।
वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ असारमा चार दशमलव १२ प्रतिशत रहेकोमा २०७९ असारमा छ दशमलव ९९ प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७९ असारमा सात दशमलव एक प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार २०७८ असारमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर चार दशमलव ५५ प्रतिशत रहेकोमा २०७९ असारमा १० दशमलव ६६ प्रतिशत छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७८ असारमा छ दशमलव ८६ प्रतिशत रहेकोमा २०७९ असारमा नौ दशमलव ५४ प्रतिशत कायम भएको छ ।
२०७९ असारमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ४१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ६२ प्रतिशत छ । अघिल्लो वर्ष यस्ता दरहरु क्रमशः चार दशमलव ६५ प्रतिशत र आठ दशमलव ४३ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
- जिल्लामै उत्पादित विद्युत् वितरण सुरु
- कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु
- थप १३ दिन लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति
- उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव
- ट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा व्यापक वृद्धि
- पाकिस्तान रेलवे स्टेसनमा विस्फोट हुँदा २५ जनाको मृत्यु
- युरोपले रक्षा खर्च बढायो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया