Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दामा दुई जना पक्राउ

बैंकिङ कसुर मुद्दामा दुई जना पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भएका काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने २९ वर्षीय पुरूषोत्तम अधिकारी र चन्द्रागिरि नगरपालिका–८ गौँथलीचोक बस्ने २७ वर्षीय नबिन केसीलाई बुधबार पक्राउ गरिएको हो ।

प्रहरी उपरीक्षक कोइरालाका अनुसार पुरूषोत्तमलाई काठमाडौं गोंगबुबाट र नबिनलाई काठमाडौं महानगरपालिका–११ थापाथलीबाट पक्राउ गरिएको हो । पुरूषोत्तम बैंकिङ कसुर मुद्दामा ४० लाख रुपैयाँ बिगो ठहर भई फरार थिए । साथै नबिन बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले पाँच दिन कैद, पाँच लाख २५ हजार जरिवाना र २१ हजार रूपैयाँ क्षतिपूर्ति ठहर भई फरार रहेका प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ ।

प्रहरी उपरीक्षक कोइरालाका अनुसार पुरूषोत्तमलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ भने नबिनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुरमा पठाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x