Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकिसानसँग प्यान नहुँदा खाद्यपदार्थ खरिदबिक्रीमा बिचौलिया हाबी

किसानसँग प्यान नहुँदा खाद्यपदार्थ खरिदबिक्रीमा बिचौलिया हाबी


काठमाण्डौं,फागुन १६
किसानसँग प्यान नहुँदा खाद्यपदार्थ खरिदबिक्रीमा बिचौलिया हाबी हुनेगरेको नेपाल चामल, तेल, दाल उद्योग संघले बताएको छ । आर्थिक ऐन २०७६÷७७ ले एक हजार रूपैयाँभन्दा बढीको सामान खरिद वा अन्य खर्चमा प्यानको बिल चाहिने भएकोले कृषकले उत्पादन गरेको खाद्यवस्तु उद्योगलाई सिधै बिक्री गर्न सकिरहेका छैनन् । किसानहरूसँग बैंक खाता र प्यान नहुने भएकोले उत्पादित खाद्यवस्तु उद्योगलाई बिक्री गर्दा समस्या आउने भएकोले बिचौलिया हाबी भएको संघले दाबी गरेको छ । बिचौलियाको मनोमानीले किसानले समेत उचित मूल्य नपाउने हुँदा किसानलाई चेक भुक्तानी र प्यान नियम अनिवार्य लागू गर्न नहुने संघले जनाएको छ । नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सुवोधकुमार गुप्ताको अध्यक्षतामा बिहीबार काठमाडौँमा सम्पन्न ४३औं वार्षिक साधारणसभामा उद्योगीहरूले चामल, तेल र लजस्ता खाद्यवस्तु बिक्री गर्दा कति समयका लागि उधारो दिने र त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कानुनी मापदण्ड नहुँदा उधारोमा अराजकता मौलाएको बताएका छन् । बजारमा बढी प्रतिस्पर्धा भएका उद्योगले ६ महिनासम्मको उधारोमा उत्पादन बेचेका संघका अध्यक्ष सुवोधकुमार गुप्ताले बताए । कति दिनसम्म उधारो दिन सकिने भन्ने विषय ऐनमा नै निर्दिष्ट हुनुपर्ने उनको भनाइ छ । ‘एक महिना मात्रै उधारो दिन सकिने व्यवस्था भयो भने ५ महिनाका लागि अतिरिक्त पुँजीको प्रबन्ध गरिरहनु पर्दैन ।

सरकारले कानुनी प्रबन्धमार्फत एक महिनाभन्दा बढी उधारोमा कारोबार गर्न नपाउने व्यवस्था मिलाउनु पर्दछ’, गुप्ताले भने, ‘अहिले अनलाइनबाटै बिल काटिने भएकाले यसको नियमन असहज छैन । उत्पादन बेच्दा बैंक ग्यारेण्टी र एक महिनाको एडभान्स चेक लिने प्रावधान राखिनु पर्दछ ।’ साथै संघले सामाजिक सुरक्षा ऐनलाई परिमार्जन गर्नु आवश्यक रहेको बताएको छ । यसले कर्मचारी र उद्यमीलाई समस्या परिरहेको भन्दै समयसापेक्ष परिमार्जन गर्न संघले रकारसँग माग गरेको छ । संघले मुसुरो दाल विदेश निकासीमा ५ प्रतिशत अनुदान दिन पनि सरकारसँग माग गरेको छ । जसले गर्दा मुसुरो खेती गर्ने किसानलाई प्रत्यक्ष फाइदा पुग्ने संघको भनाइ छ । सरकारले निर्यातमा दिँदै आएको अनुदान हटाइदिँदा अहिले मुसुरो दाल निर्यातमा कमी आई मुसुरो खेती नै विस्थापित हुनथालेको अध्यक्ष गुप्ताले बताए । अप्रशोधित दाल तथा गेडागुडीमा आयात भन्सार महसुल ५ प्रतिशत बाट १० प्रतिशत लगाएको उनको भनाइ छ । प्रशोधित दालमा आयात भन्सार महशुल १० प्रतिशत यथावत राखेको हुँदा यो दर नमिलेकोले तयारी र कच्चा वस्तुको आयात भन्सार दर दुई तह फरक हुनुपर्ने गुप्ताले बताए ।

चामल तेल र दालका सह उत्पादन राइसब्रान, पिना, चुन्नी भुसी भारत निकासीमा लाग्नेप्रति केजी ५० पैसा निकासी कर खारेजी हुनु पर्नेमा संघले जोड दिएको छ । संघका अनुसार नेपालमा ती उत्पादन २० प्रतिशत मात्र खपत हुने र बाँकी ८० प्रतिशत निकासी गर्नुपर्ने बाध्यता रहेको छ । साथै संघले चामल, तेल र दाल उद्योगलाई कृषि उद्योगसरहको बैंक ब्याजमा अनुदान दिन पनि सरकारसंग माग गरेको छ । तोरी तेलमा लाग्दै आएको १३ प्रतिशत मूअ कर परिमार्जित गर्नुपर्ने तथा तोरीको गेडा आयातमा १ प्रतिशत भन्सार महसुलबाट बृद्धी गरी ५ प्रतिशत कायम गरेको हुँदा परिमार्जन गरी १ प्रतिशत हुनु पर्नेमा उद्यमीहरूको भनाइ छ । चामल आयातमा लाग्दै आएको भन्सार महसुल ८ प्रतिशतबाट वृद्धि गरी १५ प्रतिशत पु¥याउनु पर्ने, धान आयातमा लाग्ने कृषि सुधार शुल्क ५ प्रतिशतलाई घटाएर १ प्रतिशत कायम गरी दिनुपर्ने, नेपालका मिलहरूलाई आधुनिकीकरण गर्न सरकारले अनुदान दिनु पर्ने, नेपाली बासमती वल्ड क्लास राइस भएकोले यसलाई निकासी गर्न पाउनु पर्नेलगायतका माग सरकारसँग उद्यमीहरूले गरेका छन् । संघको ४३औं वार्षिक साधारण देशभरिका चामल, तेल र दाल उद्यमीहरूको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x