Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२५ करोड लगानीमा नेपालगञ्जका लागि राप्ती नदीबाट खानेपानी ल्याइने

२५ करोड लगानीमा नेपालगञ्जका लागि राप्ती नदीबाट खानेपानी ल्याइने


बाँके, फागुन १६

नेपाल खानेपानी संस्थानले नेपालगञ्ज उपमहानगरपालिकाको खानेपानीको आपूर्तिका लागि दीर्घकालीन योजना बनाएर राप्ती नदीबाट पानी ल्याउने योजना अघि बढाउँदै काम सुरु गरेको छ । राप्ती नदीको पानी ल्याउन खानेपानी संस्थानले झण्डै २५ करोड लगानी गरेको छ । त्यसका लागि पाइप यसअघि नै ल्याइसकिएको छ । राप्ती किनारमा इन्टेक बनाएर नेपालगञ्जसम्म पानी ल्याउने संस्थानको योजनाअनुसार काम सुरु भैसकेको खानेपानी संस्थान नेपालगञ्जका प्रमुख मोहनदत्त भट्टले जानकारी दिए । उनका अनुसार, राप्तीनदीदेखि नेपालगञ्जसम्म झण्डै १७ किलोमिटर पाइप बिछ्याइने छ । ‘त्यसका लागि फिल्डमा काम सुरु भैसकेको छ’, उनले भने, ‘४ किलोमिटर पाइप बिछ्याउने काम भैसकेको छ ।’ योजना सकिएपछि हाल निश्चित समयमा ४० लाख लिटर पानी वितरण गर्दै आएको खानेपानीले दैनिक ढाइ करोड लिटरसम्म पानी वितरण गर्न सक्ने जनाएको छ ।

‘दशकौंका लागि खानेपानी उपलब्ध गराउने दीर्घकालीन योजना हो’, संस्थानका नेपालगञ्ज प्रमुख भट्टले भने । चालू आवको अन्त्यसम्म पानी नेपालगञ्जसम्म ल्याउने योजना भए पनि विभिन्न कारणले ढिलाइ हुनसक्ने संस्थानका नेपालगञ्ज प्रमुख भट्ट बताउँछन् । ‘पाइप बिछ्याउने भनिएको ठाउँमा सडक कालोपत्रे भएको छ’, उनले भने, ‘झण्डै ५ किलोमिटर क्षेत्र पिच भैसकेकाले पुनः खनेर पाइप बिछ्याउँदा लक्ष्य गरेभन्दा बढी समय लाग्न सक्छ ।’ काम गर्दा देखिएका बाधा सुल्झाउन सरोकारवालासँग छलफल पनि अगाडि बढाएको भट्टले बताए । ‘कतिपय ठाउँमा सडक, नाला र घर बनेका ठाउँमा पाइप बिछ्याउनु पर्ने अवस्था छ’, उनले भने । राप्ती नदीबाट पानी नेपालगञ्जसम्म २० इन्च पाइपबाट झण्डै १७ किलोमिटर राप्ती पथ हुँदै खानेपानी मेन लाइन विस्तार गर्ने योजना रहेको छ । राप्ती नदीबाट ल्याइने पानी नेपालगञ्जमा रहेका खानेपानीका ट्यांकीमा पु¥याउने र त्यसैमार्फत वितरण गर्ने योजना रहेको छ संस्थानका नेपालगञ्ज प्रमुख भट्टले जानकारी दिएका छन् । आयोजना सकिँदा संस्थानको कारकाँदो र घरबारी टोलमा रहेको ट्यांकीसम्म राप्तीको पानी पु¥याइनेछ ।प्रमुख भट्टले राप्तीको पानी पिउनयोग्य बनाउनका लागि शुद्धीकरणका लागि राप्ती नदी वा नेपालगञ्जमै त्यस खालको संरचना निर्माण पनि आवश्यक रहेको बताएका छन् । शुद्धीकरणबाट इन्टेकमार्फत पानी ल्याउने योजना भए पनि त्यसरी शुद्ध खानेपानी सम्भव नभए ‘ट्रिटमेन्ट प्लान्ट’ जडान गर्ने संस्थानको योजना रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x