Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबीमा कम्पनीहरू सुगममा मात्र केन्द्रित

बीमा कम्पनीहरू सुगममा मात्र केन्द्रित


काठमाडौं । बीमा कम्पनीहरुको कुल शाखा संंख्या तीन हजार तीन सय ६६ पुगेको छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिका अनुसार सञ्चालनमा रहेका १९ वटा जीवन बीमा र १९ वटा निर्जीवन बीमासहितका ३८ वटा बीमा कम्पनीहरुको हालसम्ममा उक्त संख्यामा शाखाहरु सञ्चालनमा रहेको हो ।

यसरी सञ्चालनमा रहेको कुल शाखा संख्यामध्ये जीवन बीमातर्फ २३ सय दुईवटा र निर्जीवन बीमातर्फ एक हजार ६४ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । बीमा कम्पनीहरुको सञ्चालनमा रहेका कुल शाखाहरुमध्ये सबैभन्दा बढी शाखा बागमती प्रदेशमा छन् भने सबैभन्दा कम शाखा कर्णाली प्रदेशमा छन् । समितिका अनुसार बागमती प्रदेशमा जीवन बीमातर्फ छ सय र निर्जीवन बीमातर्फ तीन सय १३ वटा शाखाहरु सञ्चालनमा रहँदा कर्णाली प्रदेशमा भने जीवन बीमातर्फ एक सय ४४ र निर्जीवन बीमातर्फ ४४ वटा मात्र शाखाहरु सञ्चालनमा छन् ।

प्रदेश नं. १ मा भने जीवन बीमातर्फ तीन सय ७४ र निर्जीवन बीमातर्फ एक सय ६८ वटा शाखाहरु सञ्चालनमा छन् । मधेश प्रदेशमा पनि जीवन बीमातर्फ तीन सय १६ र निर्जीवन बीमातर्फ एक सय ३२ वटा शाखाहरु सञ्चालनमा छन् । लुम्बिनी प्रदेशमा भने जीवन बीमातर्फ तीन सय ६८ र निर्जीवन बीमातर्फ एक सय ८० वटा शाखाहरु सञ्चालनमा रहेको समितिको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा भने जीवन बीमातर्फ दुई सय ५४ र निर्जीवन बीमातर्फ ७३ वटा शाखाहरु सञ्चालनमा छन् ।

गण्डकी प्रदेशमा भने जीवन बीमातर्फ दुई सय ३६ र निर्जीवन बीमातर्फ एक सय ४४ वटा शाखाहरु सञ्चालनमा छन् । समितिका अनुसार पछिल्लो अवधिमा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुको कुल चुक्ता पुँजी भने ३८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी भने १९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । बीमा क्षेत्रमा प्रत्यक्ष रोजगारीको संख्या भने १० हजार सात सय ५२ छ । समितिका अनुसार देशभर बीमा सर्भेयरहरुले शंख्या चार सय रहेको छ भने बीमा अभिकर्ताहरुको संख्या संख्या करिब दुई लाख ५० हजार छ । हाल नेपाली बीमा क्षेत्रमा १९ वटा जीवन, १९ वटा निर्जीवन र दुईवटा पुनर्बीमासहितका ४० वटा कम्पनीहरुले बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएको समितिले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x